सिडिएस–पार्क मुगुद्वारा खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामग्री वितरण

मुगु जिल्लामा क्रियाशील सामाजिक संस्था कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र सिडिएस–पार्क) मुगु र बालविवाह विरुद्ध साझा अभियान क्याक्मा को संयुक्त सहकार्यमा आज मुगुको छायाँनाथ रारा नगरपालिका म रहेका विभिन्न टुहुरा अपाङ्गता बाल बालिका लाई राहत सामग्री वितरण गरिएको छ। संस्थाको विपद् राहत कोषमार्फत जिल्लाका अति विपन्न, असहाय, अपाङ्गता भएका महिला, बालबालिका तथा युवाहरूलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। छायाँनाथ रारा नगरपालिका वडा नं८ बालक रविन रावल खत्याड गाउँपालिका का बालक आयान साही कल्साया नेपालि जौमति बोहरा माया साही सावित्री साहि लाई आज विशेष कारेक्रम म राहत दइएको थियो।

भौगोलिक रूपमा विकट र आर्थिक रूपमा पछाडि परेका लक्षित वर्गको दैनिक जीवनयापनमा सहजता ल्याउने र बालबालिका को शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको संस्थापका अध्यक्ष आज बहादुर शाही का जनाएका छन्।

लक्षित वर्गलाई राहत र शैक्षिक सामग्री
राहत वितरण कार्यक्रममा प्रतिव्यक्ति खाद्यान्न र मौसम अनुकूलका लत्ताकपडाहरू प्रदान गरिएको थियो यस्तै, गरिब तथा जेहेन्दार बालबालिकाहरू विद्यालय जानबाट वञ्चित नहोऊन् र उनीहरूको पढाइमा निरन्तरता रहोस् भन्ने हेतुले कापी, कलम लगायतका आवश्यक स्टेशनरी सामग्रीहरू पनि हस्तान्तरण गरिएको छ। संस्था ले जनाएको छ।

लक्षित वर्गका महिला, अपाङ्गता भएका व्यक्ति र युवाहरूलाई पहिचान गरी उनीहरूको वास्तविक आवश्यकताका आधारमा राहत छनोट गरिएको आयोजक ले बताएको छ।
स्थानीयस्तरमा खुसी र धन्यवाद ज्ञापन
भौगोलिक दुर्गमता र आर्थिक अभावका कारण बिहान–बेलुकाको छाक टार्न तथा बालबालिकालाई विद्यालय पठाउन समेत धौ–धौ परिरहेका बेला गाउँमै पुगेर राहत र शैक्षिक सामग्री पाएपछि स्थानीय नागरिक कल्या नेपालि निकै खुसी भएका छन्। राहत बुझ्दै स्थानीय पीडित तथा अभिभावकहरू ले विपद् र अभावको समयमा संस्थाले गरेको यो सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।

सिडिएस–पार्क र क्याक्मा मुगुले विगत लामो समयदेखि कर्णालीका दुर्गम बस्तीहरूमा बालविवाह न्यूनीकरण, सामाजिक सचेतना, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्। आगामी दिनहरूमा पनि यस्ता मानवीय र परोपकारी कार्यहरूलाई निरन्तरता दिइने संस्थाका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस