बिद्युुत प्राधिकरणसंग लोडसेडिङ बारे सूचना माग

सोम गुुरुङ,जेठ ३ बाँके
बाँके जिल्ला नेपालकै सबै भन्दा गर्मी हुने ठाउँ भनेर चिनिने गर्दछ तर नेपालगन्जमा अहिले अघोषित लोडसेडिङ भएपछि नेपालगन्जबासी जेठको गर्मीबाट आहात भएका छन् । अघोषित रुपमा बिजुली काटिने गरेपछि नेपाल विद्युत प्राधिकरण कार्यालयसंग नेपालगन्ज उपमहा नगरपालिका वडा नं. ५ का सूचना अभियान्ता अरुण कुुमार तिवारी र वडा नं. ७ का अधिवक्ता विश्वजित तिवारी र वडा नं. ११ का सुचना अभियान्ता शैलेन्द्र कुुमार वैश्यले संयुुक्त रुपमा नेपालको संविधान,२०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ अनुुसार नेपाल विद्युुत प्राधिकरण कार्यालयसंग लोडसेडिङ बारे सूचना माग गरेका छन् । हाल सालै नेपाल विद्युुत्त प्राधिकरणले देशैभरि लोडसेडिङ मुुक्त भनेर घोषणा समेत गरेको थियो ।

सूचना र मानवअधिकार अनुुसन्धान केन्द्रले हाल एपएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना सन्चालन भएपछि बाँके र बर्दिया जिल्लामा सूचनाको हक र सुुशासनको लागि सक्रिय भएर काम गरी रहेको छ । मागिएको सूचनामा प्राधिकरण कार्यालयमा सुचना अधिकारी को हुनुु हुुन्छ ? सो को साईनबोर्डको फोटोकपी र सम्पर्क नम्बर समेतको जानकारी मागिएको छ । त्यसै गरि नेपालगन्ज क्षेत्रमा लोडसेडिङ छ कि छैन ? यदि लोडसेडिङ भए दिनमा कति पटक लोडसेडिङ हुुन्छ सोको तालिका समेत जानकारी गराउनुु पर्ने सूचना माग गरिएको छ । थप सूचनामा नेपालगन्ज एरियामा बत्ती जानुुको मूख्य कारण के हो ? नेपालगन्ज एरियामा भएको बत्ती कहाँको हो सो को पूर्ण जानकारी साथै नेपालगन्ज बासीहरुले बत्ती नजाने वातावरणमा बस्न पाउँछन् भनी सूचना माग गरिएको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस