जुम्ला ः उपभोक्ता तथा सेवाग्राहीहरु रकम भुक्तानीका लागि कार्यालय धाउनु पर्ने बाध्यताबाट मुक्ता भएका छन् । विकास निर्माणका रकम निकासा तथा भुक्तानीका लागि कार्यालयमा पुग्दा लेखापाल र कार्यालय प्रमुख नभेटिने र एउटा काम गर्नका लागि हप्तौ कार्यालय धाउन पर्ने बाध्यता थियो तर कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सिधै सम्बन्धी पक्षको बैक खातामा भुक्तानी रकम जम्मा हुने भएपछि निकै सहज र सजिलो भएको पातारासी गाउँपालिका ३ का कृष्ण बुढाले बताए ।
कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले बैशाख २७ गते देखि विद्युतीय प्रणालीबाट रकम भुक्तानी सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षभित्रै सबै जिल्लामा विद्युतीय भुक्तानी सेवा दिन निर्देशन दिएपछि जुम्लामा उक्त सेवा प्रदान गर्न सुरु भएको हो । कोष तथा खेला नियन्त्रण कार्यालयले अहिले सुरुमा व्यक्ति भन्दा पनि समुह संगठन, कार्यालय, उपभोक्ता समिति लगायतका रकम मुक्तानी विद्युतीय प्रणालीबाट भुक्तानी गरी सेवा सुरु गरेको कोेष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका लेखा प्रमुख विश्वप्रसाद अर्यालले बताए । उनले भने विद्युतीय भुक्तानी सेवा अन्तर्गत सरकारी कार्यालयले भुक्तानी गर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित संस्था तथा कार्यालयको बैंक खातामा राखिदिने गर्दछ । अहिलेसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले २८ वटा सरकारी कार्यालय, उपभोक्ता समितिलाई भुक्तानी गरिएको छ । यस भन्दा अघि एकल खाता कोष प्रणालीमार्फत भुक्तानी गर्दै आएको थियो । यस सेवका लागि व्यक्ति, संघसंस्था वा कार्यालयलाई दिइने भुक्तानी आदेशको अनलाइन तथा लिखित कागजपत्र कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरेको कागजपत्र प्रमाणित गरेपछि सम्बन्धित पक्षको रकम बैंक खातामा जम्मा गरिने विद्युतीय प्रणााली सुरु भएको कार्यालयले जनाएको छ ।