
जुम्ला । जुम्ली अभिभावलाई झुक्याएर बालबालिका अनाथ, असहाय भएको सहमति जुटाई वडाको सिफारीसमा रुकुम पुगेका २४ जना जुम्ली बालबालिका अलपत्र परेका छन् । आमा, बाबा नभएको झुट्टा कागज बनाई जिल्लाको पातारासी गाउँपालीका वडा नम्बर १ र २ बाट रुकुमको एक बालगृहमा पुगेका ति बालबालिका जोखिम अवस्थामा फेला परेका हुन् । झुट्टा कागज बनाई अनथालयमा पढाउने भन्दै वडा नं १ का २० र २ का ४ जना बालबालिकालाई रुकुमको नरसींह बालगृहमा पुर्याईएको छ । उनिहरुलाई त्यहाँ नत, खाना नत बस्नको नै उचित ब्यवस्था छ । बालगृहमा रहेका ति बालबालीकाको अवस्था दयनिय रहेको महिला तथा बालबालीका कार्यालय रुकुमका बालअधिकार अधिकृत मानविर ओलीले जानकारी दिए । उनका अनुसार ८ बर्षदेखि १२ बर्ष उमेर समुहका ९ बालिका र १५ जना बालक उक्त बालगृहमा अलपत्र अवस्थामा छन् ।
को को हुन्, ति बालबालिका नामावलि
फिर्ता ल्याउने पहल
त्यहाँ पुगेका ति बालबालिकालाई रुकुमको मुसिकोट नगरपालिका र जिल्ला बालकल्याण समितिको पहलमा गृहजिल्ला जुम्ला फिर्ता गर्ने तयारी भैरहेको छ । जिल्ला कालकल्याण समिति रुकुमले बालबालिकाको फिर्ता गर्न अभिभावकको मन्जुरी र गाँउपालिकाको अनुरोध पत्र माग परेको छ । तर बालगृह संचालक विबेक बुढाले बालबालिकालाई फिर्ता नगरी उचित शिक्षा दिने दावि गरेका छन् । यसरी बालबालिकालाई अबैध रुपमा विभिन्न बाहाना बनाई ओसार पोसार गर्ने, गर्न लगाउने र सहमति दिने अभिभावक लगाएत यस्तो कार्यमा संलग्न सबैलाई कानुन अनुसार कारवाहि हुनुपर्ने जुम्लाका बालअधिकारकर्मिहरुको भनाई छ ।