
जुम्ला ः विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा बालक्लव जुटेको छ । पातारासी गाउँपालिका ७ पटमारा गाउँको जंगलमा दुर्लभ जनावर रेडपाण्डा पाईने जानकारी भएपछि उनीहरु संरक्षण अभियानमा जुटेका हुन् । उक्ता गाउँपालिका पटमारा गाउँस्थित महारुद्र आधारभुत विद्यालयका बालबालिकाहरुले क्लवमा संगठित भएर उनीहरु रेडपाण्डाको संरक्षणमा जुटेको प्रधानाध्यापक चुडराज न्यौपानेले बताए । उनले विश्वको दुर्लभ जनावर हाम्रो वनजंगलमा पाईने भएपछि उनी संरक्षण गर्ने अभियानमा लागीपरेका छन् ।
रेडपाण्डा संरक्षण नेटवर्क काठमाडौँ र कर्णाली विकास हातेमालो सेवा समाज, जुम्लाको समन्य र सहकार्यमा हामी बालबालिकाहरु बालक्लवमा संगठित भएर यस दुर्लभ जनावर रेडपाण्डाको संरक्षणमा जुठेको बालक्लवकी अध्यक्ष नविना रावतले बताईन् ।
रेडपाण्डा संरक्षण परियोजनाका प्रमुख पूरुसत्म जैशीले यस गाउँको जंगलमा अध्ययन अनुसन्धान गर्दा विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा रहेको बताए । उनले भने यसको संरक्षणको अभियानमा हामी लागीपरेको छौँ । दुर्लभ जंगली जनावरको संरक्षणका लागि स्थानीय स्तरमा जनचेतना फैलाउदै आएको उनले बताए ।
रेडपाण्डा संरक्षणका लागि वनजंगल फडानी गर्न नहुने, आगलागी र चोरी शिकारी गर्न नहुने उनले बताए । यसैगरी दुर्लभ जंगली जनावर संरक्षणका लागि स्थानीय स्तरमा पटमारा गाउँमा महारुद्र आधारभुत विद्यालयमा बालक्लव गठन गरी बालबालिका मार्फत जनचेतना जगाएको छ । पुर्नगठित बालक्लवका पदाधिकारी हरुलाई रेडपाण्डा संरक्षण सम्वन्धी अभिमुखकिरण गर्नुका साथै बुधबार समाचार लेखिन सम्वन्धी जानकारी गरिएको छ । समाचार लेखिन सम्वन्धी सहजीकरण गर्दै नयाँ पत्रिका दैनिकका संम्वाददाता तथा कर्णाली पोष्ट दैनिक पत्रिका जुम्लाका प्रकाशक मानदत्त रावलले रेडपाण्डा संरक्षण सम्वन्धी समाचार मार्फत पनि जनचेतना जगाउन सकिने बताए ।