
जुम्ला । विकास निर्माणका काममा ढिलासुस्ति गर्ने र जथाभावि मदिरा बेचबिखन गर्ने होटल संचालकलाई विप्लप नेतृत्व नेपाल कम्युनिष्ट पाटिले चेतावनि दिएको छ । विकास निर्माणका कामहरु अधुरा छाड्ने र अबैध रुपमा मदिरा बेचबिखन तथा जुवातास खेलाएर समाजमा विकृति फैलाउने विरुद्ध कडा कारवाहि गर्ने चेताननि दिएको हो ।

फाईल फोटो
विप्लप नेतृत्व नेकपामा आबद्ध संगठन अनेम संघ (क्रान्तिकारी) योङ रेड फोर्स जुम्लाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै निर्माण ब्यवसायी र मदिरा पसललाई सच्चिन अनुरोध गरेको छ । विकास निर्माणका जुनसुकै काम अधुरा छोड्ने निर्माण ब्यवसायी, ठेकेदार र उपभोक्ताहरुलाई यहि जेठ ३० गतेभित्र काम सम्पन्न गर्न प्रेस विज्ञप्ति मार्फत चेतावनि दिएको छ ।
त्यस्तै आफ्नो समाजिक विकृति र विसंगति विरुद्धको अभियान अन्र्तगत यहि जेठ २५ गतेभित्र मदिरा बेचबिखन गर्ने दर्तावाला पसल, घरेलु मदिरा उत्पादक ब्यक्ति र जुवातास खेलाउने पसल, होटल संचालकहरुले आफुसँग भएको मदिरा ब्यवस्थापन गर्न निर्देशन दिएको छ, अन्यथा आफ्नो संगठन कारवाहि गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
अनेम संघ (क्रान्तिकारी) कि विष्णु शाहि र योङ रेड फोर्सका नविन तिरुवाद्धारा हस्ताक्षेरीत विज्ञप्तिमा निर्माण ब्यवसायी, ठेकेदार र उपभोक्ताहरु काम चोर भएको ठहर गर्दै नक्कली बिल मिलाउन तल्लीन रहेको दावि गरीएको छ । भने जथाभावि मदिरा बेचबिखन र जुवातास खेल्ने, खेलाउने समस्याले समाजमा गुण्डागर्दी, चोरी डकैति र अन्य हिंसात्मक घटना बढेको उल्लेख छ ।
नन्दराम जैशीले तयार पार्नु भएको समाचार ।