विश्व वातावरण दिवस जुम्लामा पनि मनाईयो

जुम्ला ः विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयत तथा सहकारीमा ४५ औँ विश्व वातावरण दिवस मंगलबार जुम्लामा मनाएको छ । प्लाष्टिक प्रदुषण निर्मूल, पुर्नप्रयोग गर्न नसके बहिष्कार गरौँ भन्ने मुल नारा सहित जुम्लामा वातावरण दिवस मनाएको हो । त्यस्तै १९ औँ राष्ट्यि सरसफाई सप्ताह भव्य रुपमा सफल पारौँ भन्दै सरसफाई सप्ताह सुरु गरिएको छ । त्यसैगरी निजि विद्यालयहरुले पनि जुगाड खोला सरसफाई गरी विश्व वातावरण दिवस मनाएका छन् ।


संचारकर्मी तथा नागरिक समाजका व्यक्तिहरुले जुम्मा आउने कर्मचारी तथा केही व्यक्ति र निश्चित समुहले एक दिन सरसफाई गरेर हुदैन त्यसलाई दिर्घकालिन रुपमा सरसफाई हुनका लागि सवै व्यक्ति सचेत हुन आवश्यक रहेको छ । अर्काे कुरा हरेक टोल तथा घर आगन सरसफाई रहनका लागि स्वयम् टोल तथा घरआगनको व्यक्ति नै जिम्मेवार हुनु पर्दछ ।


आफ्नो फोहोर आफै व्यवस्थापन गरौँ
हरेक टोल तथा समुदायका व्यक्तिले आफ्नो फोहोर आफै व्यवस्थापन गरौँ । कुहिने र नकुहिने फोहोर बस्तुलाई फरक फरक ठाउँमा अर्थात भाडोमा राखेर कुहिने बस्तुलाई खेतबारीमा मलको रुपमा प्रयोग गरौँ । नकुहिने अजैविक बस्तुलाई संकलन गरेर कवाडमा विक्री वितरण गरी दुई पैसा आम्दानी गर्न सकिन्छ । हरेक स्थानीय तहले सरसफाई सम्वन्धी कानुन निर्माण गरी जथाभावि रुपमा फोहोर गर्ने र सार्वजनिक स्थानमा फोहोर फाल्ने कानुन अनुसार कारवाही गर्न आवश्यक रहेको छ । हरेक टोलमा सरसफाई सुधार समिति बनाएर जथाभावि फोहोर फाल्ने व्यक्तिको निगरानी गर्ने र सोही अनुसार कारवाहीको व्यवस्थापन गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस