
जुम्ला । जिल्लाका अपांगता भएका ब्यक्तिहरुले खाम तथा फाईल बनाउने सिप सिकेका छन् । जिल्लाका १० जना अपांगता भएका ब्यक्तिहरुले कार्यालय तथा ब्यक्तिगत प्रयोजनमा आउने खाम तथा रजिष्टर फाईल बनाउने सिप पुर्ण रुपमा सिकेका हुन् । जिल्लाको बढ्दो मागका आधारमा सिप सिकाएर स्वरोजगार बनाउने ध्ययेले १ महिने तालिमको अवसरमा उनिहरुलाई खाम तथा फाईल बनाउन सिकाईएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय जुम्लाको सहयोग र अपांग पुर्नस्थापना तथा विकास केन्द्रको आयोजनामा कर्णालीमै पहिलो पटक जुम्लाका अपांगता ब्यक्तिहरुलाई उक्त तालिमको अवसर जुटाईएको हो । सो तालिममा सहभागि अपांगता भएका ब्यक्तिहरुले सजिलै खाम तथा फाईल बनाउन सिकेका छन्, भने दर्जनौ, दर्जन खाम र फाईलहरु बनाएर राखेका छन् ।
सिप सिकेपछि कमला बुढाले भनिन्, ‘शुरु शुरुमा सिप सिक्न गाह्रो भयो । अहिले सजिलो लागेको छ । यो पेशालाई ब्यवसायीक रुपमा अंगाल्न सकेमा, हामि अपांगता भएका ब्यक्तिहरुका लागि आयआर्जनको मुख्य स्रोत बन्नेछ ।’ अन्य काम गर्दा गह्रौ भारी बोक्न र सोहि अनुसारको सिप पनि नभएकाले आफ्नो लागि यो सिप ब्यवहारीक र उपयुक्त हुने उनले बताईन् । घरमा आयआर्जनको अन्य विकल्प खासै नभएकाले यो सिपलाई पेशामा परीणत गर्दै ब्यवसायीक रुपमा अघि बढ्ने रिता रोकायाले बताईन् ।
शाररीक अपांगता भएकाहरुले सजिलै घरभित्रै बसेर पनि रात दिन आफुलाई उपयुक्त समयमा खाम र फाईल बनाएर आयआर्जन गर्न सक्ने प्रशिक्षक टोमा लामाले बताईन् । ‘अपांगता भएका ब्यक्तिहरुले खाम र फाईल उत्पादन गर्न मात्र सक्नु पर्र्यो, बिक्रिको कुनै चिन्ता छैन’ उनले भनिन्, ‘खाम र फाईल बनाएमा मिति सकिने र कुहिने होईन, जति उत्पादन गर्र्यो, त्यति बिक्रि हुन्छ ।’
जिल्लामा अहिले खाम र फाईल बनाउने उद्योग नभएकाले यो सिपलाई उनिहरुले निरन्तरता दिन सके बजार ब्यवस्थापनको कुनै समस्या नहुने देखिन्छ । हाल जिल्लामा रहेका २ सय बढि सरकारी तथा गैर सरकारी कार्यालय, विद्यालय तथा ब्यक्तिगत प्रयोजनका लागि आवाश्यक खाम र फाईलहरु यँहाका स्टेशनरीहरुले बाहिर जिल्लाबाट ल्याउनु परीरहेको छ । तर यहाँ नै सजिलै अपांगता ब्यक्तिहरुले यो पेशालाई प्रर्वद्धन गर्न सकेमा उत्पादीत खाम र फाईलहरु बाहिर जिल्लाबाट आयात गर्नुपर्ने छैन ।
राष्ट्रिय अपांग महासंघका केन्द्रिय सदस्य नेत्रबहादुर शाहिले यो पेशालाई अपांगता भएका ब्यक्तिहरुको जिविकोपार्जनसँग जोड्न उद्योग मार्फत अघि बढ्ने बताए । उनले भने, ‘जुम्लामा छरीएर रहेका बेरोजगार अपांगताहरुका लागि उद्योग दर्तापछि एकै ठाँउमा बसेर काम गर्न सजिलो हुनेछ । जसले गर्दा उनिहरु काम पायनौ भनेर बस्ने र टोलाउने समय अन्त्य हुन्छ ।’ निमित्त उद्योग प्रमुख हरीभगत श्रेष्ठले तालिम सिकेका ब्यक्तिहरुले नै उद्योग मार्फत अघि बढ्न चाहेमा आवाश्यक सहयोग र दर्ता प्रक्रिया सशुल्क हुने बताए ।
नन्दराम जैशीले तयार पारेको रिपोर्ट ।