
नन्दराम जैसी
जुम्ला । २४ बर्षमै दुई सन्तानकी आमा बनेकी चन्दननाथ नगरपालिका ३ कि सुमित्रा खत्रिलाई अधिक कार्यबोझका कारण कहिलेकाँही सारै मानसिक तनाब हुन्छ । कक्षा दशको पढाई छोडेर बिवाह गरेकी उनी भन्छिन्, ‘हरेकदिन घरभित्र र बाहिरको कामसँगै छोराछोरी स्याहार्दै रातिको १० बज्छ । पुन ः बिहान ५ बजे उठेपछि खाना पकाएर परीवारलाई खुवाउने, घरदेखि बनसम्म र अन्य सार्वजनिक काममा जानुपर्ने जस्ता बाध्यता मेरोलाई दैनिकि प्रक्रिया हो ।’ घरभित्र र बाहिरको सबै काम आफै गर्नुपर्दा सारै तनाब लिने गरेकी सुमित्रा अरुको जस्तोे दैनिकि आफ्नो सहज नभएको बताउँछिन् ।
तर सामाजिक मुल्य, मान्यता र पुरातन सोचका कारण सुमित्रा खत्रि जस्तै कर्णालीका लाखौँ महिलाले पुस्ताँैदेखि अधिक कार्यबोझको समस्या भोग्दै आएका छन् । गाँउ समाज र घरायासी मुल्य, मान्यता तथा पुरातन सोचका कारण कर्णालीमा पुरुषको तुलनामा महिलामाथि कार्यबोझ बढि छ । चाहे त्यो घरभित्रको काम होस्, वा घर बाहिरको, ति मध्य करीब ८० प्रतिशत काम महिलाले नै गर्नुपर्ने बाध्यता छ । सामाजिक मुल्य, मान्यता अनुसार कर्णालीका महिलालाई घरमा खाना पकाउने, सरसफाई गर्ने, छोराछोरी, बृद्धबृद्धा स्याहार्नेदेखि घरबाहिरको मेलापात, साँघ दाउरा, पशुपंक्षि पालन, बारी गोडमेल गर्ने जस्ता अधिकांस काम आफै गर्नुपर्ने चलन यथावत छ ।
पुरातन रोचका कारण महिलाहरुले गर्ने काम पुरुषले गरेमा समाजले जोईटिङग्रेको संज्ञा दिने गरेकाले पनि महिलामाथि झन्, कार्यबोझ बढ्दै गएको महिला अधिकारकर्मि सन्जु तिमल्सीना बताउँछिन् । ‘गरीबि र बेरोजगारीको समस्याले ब्यापार, कामदार तथा अन्य रोजगारीको शिलसिलामा पुरुषहरु घर बाहिर जाँदा पुरुषले गर्ने भनिएका हलो जोत्ने, गह्रौ भारी बोक्ने जस्ता कामहरु पनि महिलाले गर्न थालेका छन् । घरभित्र र बाहिरको अधिकांस काम महिलाले नै गर्नुपर्छभन्ने पुरातन सोचका कारण सानै उमेरमा छोरीलाई पनि घरको सबै काम गर्न सिकाईन्छ ।’ उनले भनिन्, ‘यसरी समाजले महिलामाथि थुपारेको कार्यबोझका कारण उनिहरुले समयमै उचित खानपान तथा सरसफाई गर्न पाँउदैनन् । त्यसैले कर्णालीका महिलाहरु अस्वस्थ हुनुका साथै पाठेघर खस्ने, क्यान्सर जस्ता गम्भिर रोगको सिकार पनि बन्दै गएका छन् ।’
यिनै समस्यालाई मध्यनगर गरी घरदेखि समाजमा हुने लैंगिक हिंसा, छोराछोरीबिचको विभेद, महिला, पुरुष एकआपस तथा छुट्टाछुट्टै हुने विभेद लगाएत महिलामाथिको कार्यबोझ न्युनिकरण गर्न चन्दननाथ नगरपालिकाको सहयोगमा सुर्य समाजिक सेवासंघ फोएस जुम्लाले नगरक्षेत्रभित्र विभिन्न जनचेतनामुलक कार्यक्रम गरीरहेको छ । बिहिबार आयोजित लैंगिक समानता तथा महिला शसक्तिकरण कार्यक्रमका अवसरमा ४ नं दलित वडा सदस्य माया सार्कीले महिलाको कार्यबोझ कम गर्न पुरुषको मुख्य भुमिका रहने बताईन् । अधिक कार्यबोझले महिलाको स्वास्थ्यमा समस्या आए घरपरीवारलाई दुख पर्नुका साथै आर्थिक नोक्सान बेहोर्नु भएकाले कार्यबोझ घटाउन उनको सुझाब छ । ३ नं वडा सदस्य उमा उपाध्यायले महिलाको कार्यबोझ कम गर्न स्थानिय सरकारलाई स्वरोजगार मुलक कार्यक्रम ल्याउन दवाब दिने बताईन् ।
सानो उमेरमा आफ्ना परीवारले आफुलाई पढाएर आफ्नी दिदि बहिनिलाई काम गर्न लगाएकै कारण अहिले उनिहरु अधिक कार्यबोझको सिकार बनेको सामाजिक अभियान्ता मयादत्त आचार्यले उदाहरण दिए । अशिक्षाले पनि महिलाहरुमाथि कार्यबोझ र हिंसाका घटना बढेको उनको भनाई छ । ‘आफ्नो घर र आफैबाट शुरु गरे कर्णालीका महिलाले भोग्नु परेका सबै हिंसा अन्त्य हुन्छन्’ उनले भने, ‘आफु परीवर्तन भएको देखाउन त्यसको शुरुवात स्वरुप सबैले आफ्ना छोराछोरीलाई समान शिक्षा र अवसर दिएर हेर्नुहोस्, केहि बर्षमै पुस्तौदेखि कर्णालीका महिलामाथि थुपारीदै आएको कार्यबोझ तथा महिला हिंसा अन्त्य हुनेछ ।’