डा. केसीको स्वाथ्य अवस्था नाजुक बन्दै

नन्दराम जैसी

जुम्ला । शनिबारबाट अनसन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । जिल्ला खेलकुद विकास समितिको अब्यवस्थीत कभर्डहलको चिसो भुँई र अध्यारो कोठामा राखिएका केसीको स्वास्थ्य अवस्था प्रतिदिन बिग्रिदै गएको हो । चिसोका कारण केसीलाई हातखुट्टा सुनिने, रिंगटा लाग्ने, टाउको दुख्ने, छातिको धड्कन बढ्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेका छन् ।

प्रहरीको निगरानिमा अनसन थालेका केसीलाई राखिएको कवर्डहल निकै अब्यवस्थीत छ । यँहा नत विजुली छ । नत पानी र शौचालय, निकै कष्टकरका साथ अध्यारोमै रात बिताउनु परेको उनका सहयोगि समेत रहेका भाई किशोर केसीले बताए । दियालोको साहायताले रात काट्न मुस्किल परेको उनले दुखेसो पोखे । ‘ठुलो कभर्डहलमा पानी चुहिन्छ, चिसो बढेको छ, लुगा कपडाको व्यवस्था पनि राम्रो छैन’ उनले भने, ‘यस्तै अवस्था रहे केसीको स्वास्थ्यमा छिट्टै गम्भिर समस्या आउने देखिन्छ ।’

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस