तातोपानी गाउँपालिकाको दुई विधेयक पारित

जुम्ला ः तातोपानी गाउँपालिकाले सोमबार दुई वटा विद्येयक पारित गरेको छ । भने, ८ वटै वडाका आवश्यकता पहिचानको आधारमा बजेट बाडफाँड गरेको छ । गाउँपालिकाले आर्थिक विद्येयक २०७५ र विनियोजन विद्येयक २०७५ तेस्रो गाउँसभाको बैठबाट पारित गरेको हो । गाउँकपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईका अनुसार दुबै विद्येयक आगामी आव २०७५÷०७६ को साउन १ गतेबाट लागु हुने छन् ।


आवश्ययकतालाई पहिचान गरी तेस्रो गाउँसभामा प्रस्तुत गरिएको ३३ करोड बढि बजेट ८ वटै वडामा समान्नतर रुपमा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए । उनले भने, समृद्ध नेपाल र सुखी नेपाली बनाउने संघिय सरकारको सपनालाई सफल बनाउने खालका योजना तथा कार्यक्रमहरु प्रथामिकता दिइएको उल्लेख गरे । भने, बजेट तथा विद्येयक प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायले भनिन्, आर्थिक विद्येयक २०७५ को प्रभावकारी कार्यान्वयन स्वरुप गाउँपालिकाको आर्थिक आम्दानीका लागि विभिन्न कर प्रणाली निर्धारण गरिएको बताईन । उनले भनिन, नछुटिने तथा नदोहोरिने गरी योजना तथा कार्यक्रमहरु तय गरेको छौ । यसको कार्यान्वयका लागि सबै निकाय संग समन्वय गरे अघि बढ्ने उनको भनाई छ ।
८ वटै वडामा स्वास्थ्य, शिक्षा, सिचाई, संचार तथा सडक लाई विशेष प्रथामिकता दिईएर बजेड बाडिएको छ । भने, युवा उद्यमी सृजना गर्न निरव्याजी ऋणको व्यवस्था मिलाइएको छ । ककुनै समुहमा आबद्ध भएर व्यवसाय गर्न चाहाने युवाले बिना ब्याज लाखौ रकम चलाउन पाउने दुईनम्बरका वडा अध्यक्ष कृष्ण बुढाले बताए । उनले भने, निरव्याजी ऋण कार्यक्रम २ नम्बर वडामा परेको छ । यसको प्रभावकारी कार्यान्वय गरी युवा उद्यमी बढाउने बताए ।
विनियोजित विद्येयक तथा आर्थिक विद्येयक माथि टिप्पणी गर्दै ६ नम्बर वडा सदस्य आदिप्रसाद न्यौपाने, कर निर्धारण गर्दा व्यापार, व्यवसाय,तथा आम्दानीका आधारमा लगाउनु पर्ने बताए । हचुवाका भरमा सबैलाई एकैखाले कर लगाए स्थानिय आन्दोलित हुने पनि तर्क दिए । बजेट ल्याउनु भन्दा कार्यान्वयमा जोड दिन सुझाब दिए । भने, अबको एक वर्ष भित्र तातोपानी गाउँपालिका सबै गाउ बस्तीमा सडक पुराउने योजना राखिएको छ ।

प्रकाशित मिति : २०७५ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस