भौतिक विकासमा अब्बल तिला : वर्षमा १६१ योजना निर्माण,आफ्नै २ वटा प्रशासकिय भवन

जुम्ला । जुम्लाको तिला गाउँपालिका भौतिक पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीयतहमध्य तिला पूर्वाधार विकासमा अब्बल देखिएको हो । तिलाले आफ्नै दुई वटा प्रशासकिय भवन निर्माण गरेको छ । एउटा व्यवसायीक प्रयोजनले बनाएको भवन निर्माण सम्पन्न भएको छ ।

भने नयाँ भवन अन्तिम चरणमा छ । संघिय विशेष तथा समपुरक अनुदान अन्तरर्गतको ८ करोड २ लाख बजेट अन्तरर्गत तिलाको नयाँ प्रशासकिय भवन निर्माण हुदैँ छ ।

त्यस्तै वडावडाका आफ्नै भवन बनाउने तयारी छ । वडा नं.४ को पनि आफ्नै पक्की भवन निर्माण भई सञ्चालनमा छ । भने ९ वटै वडाका गाउँगाउँमा सडक पनि पुगिसकेका छन् । भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने तिलाले माग र आबश्यकतानुसार पुर्वाधार विकासलाई जोड दिदै आएको छ ।

गत आव २०७९÷८० मा तिलाको भौतिक प्रगती ९६ प्रतिशत भएको हो । संघ प्रदेश तथा पालिकाको आफ्नै लगानी र विभिन्न चार वटा अनुदानका शिर्षककबाट गत आवमा  कुल १ सय ६७ वटा योजना छनोट गरिएको थियो ।


जसमा असार मसान्तसम्म १ सय ६० वटा योजनाको निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भएको तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर बिष्टले बताए ।

उनका अनुसार कुल योजना १ सय ६७ मध्य १६५ योजनाको सम्झौता भएकोमा १६१ वटा सम्पन्न भई भुक्तानी भएका छन् । भने ४ वटा योजना सम्पन्न हुन नसकेको र २ वटा योजना सम्झौतानै नभएको प्रमुख प्रशासकिय अधिकृत विष्टले जानकारी दिए ।

यसैबीच तिलाको गत आर्थिक वर्षको कुल बजेटको ७४.४७ प्रतिशत बजेट मात्रै खर्च भएको छ । गत आव ०७९÷८० मा तिलामा पुँजीगत तथा चालू तर्फ गरि कुल ५९ करोड ८७ लाख ३० हजार विनियोजन भएकोमा ४३ करोड ९८ लाख ७९ हजार ५८४ रुपैया खर्च भएको तिलाका लेखा अधिकृत लालचन्द्र बुढाले बताए ।

उनका अनुसार पुँजीगत तर्फ विनियोजित २७ करोड ८ लाख १५ हजार मध्य १५ करोड २४ लाख ४१ हजार ७६३ रुपैया अर्थात ५६.२८ प्रतिशत पुँजीगत खर्च भएको छ । भने चालू तर्फ विनियोजित ३२ करोड ७९ लाख ५ हजारमध्य २८ करोड ७९ लाख ६६ हजार १७१ अर्थात ८७.८२ प्रतिशत चालू खर्च भएको छ ।

कुल बजेटको १५ करोड ८८ लाख ४० हजार ४१६ रुपैया बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । भने पुँजिगत तर्फको २७ करोड ८ लाख १५ हजारमध्य ११ करोड ८३ लाख ७३ हजार २३७ रुपैया खर्च हुन नसकेर फ्रिज भएको छ ।

विहिबार पालिकामा आयोजित गत आव ०७९÷८० को सार्वजानिक सुनुवाइ कार्यक्रममा उल्लेखीत भौतिक तथा वित्तिय प्रगती सार्वजानिक गरिएको हो । तिलाका ९ वटा वडाले गत वर्षमा १५ लाख ६० हजार ६१ रुपैया राजश्व संकलन गरेको छ ।

भने,मुख्यमन्त्री रोजगार अन्तर्गत ९ वटा,प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १३ वटा,गाउँपालिकाबाट ११ वटा,संघिय विशेष तथा समपुरक अनुदानबाट १० वटा प्रदेशको अनुदानबाट ४ वटा योजना निर्माण सम्पन्न भएको प्रगती प्रतिबेदनमा उल्लेख छ ।

सार्वजानिक सुनुवाईमा स्थानीय समिर बोहोरा,आदीचन्द्र चौलागाई,राम रावत,धिरेन्द्र बहादुर रोकाया र दिप बहादुर बोहोराले असारे विकासको अन्त्य गर्नु पर्ने,आबश्यकतामा बजेट विनियोजन हुनु पर्ने,फ्रिज हुने बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने,बेरुजु अन्त्य हुनु पर्ने,सेवा प्रवाह चुस्त हुनु पर्ने,सामाजिक विकासमा लगानी बढाउनु पर्ने,विकासलाई गुणस्तर बनाउनु पर्ने लगायतका सुझाव राखेका छन् ।

तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले समृद्द तिला बनाउन प्राप्त सुझावको कार्यान्वयन तथा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने बताए । उनले भने,“तिला उत्पादनमा आत्मनिर्भर पालिका हो । हामीले उत्पादनका आधारमा वडालाई पकेट क्षेत्र निर्धारण गरेका छौ । आबश्यकतामुखि विकास अबको प्रथामिकतामा छ । सेवालाई चुस्त बनाउन उतिकै जरुरी छ । समृद्द तिला बनाउन सबैको साथ सहयोगको जरुरत छ ।”

आर्थिक सुशासन,नागरिकका गुनासो सुनुवाई,भ्रष्टचार निवारण,गुणस्तर विकास छिटो छरितो सेवा प्रवाहमा आगामी  जोड दिईने उनको भनाई छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारले स्थानीय सरकारले जनअपेक्षानुसार काम गर्नु पर्ने सुझाव दिए । स्थानीयतह प्रति असन्तुष्टि बढ्दो क्रममा रहेकोले सेवा प्रवाह विकासलाई चुस्त तथा पारर्दशि बनाउनु पर्नेमा समेत जोड दिए ।

दिर्घकालिन फाईदा हुने योजना निर्माण,आर्थिक पारदर्शिता,तथा नागरिक सन्तुष्टि हुने गरि सेवा प्रवाह गर्न जरुरी रहेको उनको भनाई छ । उधमशीलता विकास र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न कन्जुसाई नर्गन आग्रह गरे ।
तिलाकी उपाध्यक्ष गोरीकला बुढाले महिला शसक्तिकरण,उधमशीलता विकास,रोजगारी सृजना लगायतका विषयमा तिलाले लगानी बढाउने बताईन् ।

तिलाकी निवर्तमान उपाध्यक्ष विष्णुमाया बुढा,दलहरुका प्रतिनिधिहरुले समृद्द तिला बनाउन सबैको सहयोग समन्वय तथा सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए ।

विहिबार आयोजित तिला गाउँपालिकाको सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भेरीखोला मल्टीप्रपोज मिडिया प्रा.लीले गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस