जुम्ला : साउन १ गते साउने सक्रान्ति जुम्लामा घरको आगनमा राँको बालेर आफ्नो रोग व्यादी, लुता चिलाउने सवै लैजा भनेर एकले अर्कालाई गालीगलोज गर्ने पुरानै चलन हो ।
यसै सन्र्दभ पारेर डाक्टर गोविन्द केसीका समर्थकहरुले नेपाल सरकारलाई विपक्ष बनाएर खलंगा बजारको कृष्ण मन्दीर अगाडी राँको बालेर डा केसीको रोगव्यादी सबै लैजा, जीवन रक्षा गर, माग सम्बोधन गर भन्ने नारा लगाएर विरोध गरेका छन् ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार डाक्टर गोविन्द केसी १८ औँ दिन देखि चिकित्सा शिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत छन्, यसै साउने सक्रान्तिको अबसर पारेर राँको बालेर विरोध जनाएको बताए । उनले भने केसी स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ तर पनि नेपाल सरकारले सुनुवाई गरेको छैन यसैका विरुद्ध पनि यस्तो विरोध जनाएका हौँ ।