काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कठिन मोडमा पुगेको र कुनै पनि बेला अप्रिय घटना हुनसक्ने भन्दै सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरेको छ । संघले नेपाल सरकार तथा डा. के.सी पक्षधर वार्ताटोलीलाई गम्भीर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधका साथ अगाडी बढ्न आग्रह गरेको हो ।
बिहीबार संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा डा. केसीको जीवन रक्षाको आग्रह गरिएको हो । अन्यथा, डा. केसीको जीवन रक्षार्थ बाध्यभई मिति २०७५ साउन ११ गते देखि आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा अनसन नतोडीउन्जेलसम्म बन्द गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
डा. गोविन्द के.सी. चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधारका निम्ति १५ औं पटक अनसन बसेको आज २७ औं भएको छ । उनी नेपाल चिकित्सक संघका आजीवन सदस्य पछि हुन् ।
प्रकाशित मिति : २०७५ साउन १० गते बिहिवार