नयाँ शक्तिका जिल्ला नेता बुढ्थापा मृत फेला

जुम्ला ः चन्दननाथ नपा – २ खोलकोटका नयाँ शक्ति पार्टी जुम्लाका पुर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ बर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । गयराति चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै उनको शव भेटिएको हो ।


मृत अवस्थामा फेला परेका बुढ्थापाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शव घरमा राखिएको प्रहरी निरिक्षक प्रकाश केसीले बताए ।
घटनाबारे अनुसन्धान भईरहेको र घटना घटाएको आशंकामा चन्दननाथ नगरपालिका ६ कासनलाइट होटलका साहु २९ बर्षीय खड्गजित रोकाया र ४२ बर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस