
काठमाडाैं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । प्रहरीले विश्वकर्मालाई मंगलबार राती काठमाडौँबाट पक्राउ गरेको हो । उनी सँगै चालक मान बहादुर श्रेष्ठ र सहयाेगी हिरचन्द्र अाचार्य पनि पक्राउ परेका छन् ।
प्रहरी प्रवक्ता शैलेस थापाले विश्वकर्मालाई पक्राउ गरेको पुष्टि गरे । ‘उहाँलाई हामीले चाल्नाखेलबाट पक्राउ गरेका हौँ’, उनले भने । थापाले विश्वकर्मामाथिको अभियोग मुद्धा दायर गर्ने समयमा खुलाउने बताए ।
यसअघि पनि प्रहरीले पार्टीका चारजना पोलिटब्युरो सदस्यलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राई रहेका छन् ।
नयाँ पत्रिका
http://www.nayapatrikadaily.com/2018/08/08/80692/
प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार