बेरोजगार युवा, युवतिलाई स्वरोजगार तालिम

नन्दराम जैसी
जुम्ला । जुम्लाका बेरोजगार युवा, युवतिलाई स्वरोजगार मुलक तालिमको अवसर जुटाईएको छ । अवाश्यक ज्ञान, सिप र अनुभवका कारण पछि परेका बेरोजगार युवा, युवतिहरुलाई तालिम मार्फत स्वरोजगार बनाउने उद्देश्यले नेपाल युथ फाउण्डेशनले तालिमको अवसर जुटाएको हो । ओल्गापुरी भोकेशनल स्कुल तलितपुरमा एक सातापछि संचालन हुने ब्यवसायीक तालिममा जुम्लाका १६ जना युवा, युवतिले सिप आर्जन गर्न पाउने भएका छन् । रोजगार सुचना केन्द्र, समाज कल्याण गतिविधि नेपाल र सुर्य समाजिक सेवासंघ फोएस जुम्ला सहआयोजक रहेको तिन महिने ब्यवसायीक तालिमका बिषयमा आईतबार जिल्लामा अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त ब्यवसायीक सिपमुलक तालिममा ओल्डीङ, केयर गिभर, सिकर्मि, प्लम्बींङ र ईलेक्टीकल तालिम संचालन हुने आयोजक संस्थाले जनाएको छ ।

युवा, युवतिहरु सहभागी रहेको सो अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल युथ फाउण्डेशनका परीयोजना अधिकृत विनोद कडराले ब्यवसायीक सिपमुलक तालिमबाट जुम्लाका युवा, युवतिहरुले सिप सिक्नुका साथै आत्म विश्वास पनि बढाउने बताए । आवाश्यक सिप र ज्ञान नपाएका कारण दिनप्रतिदिन बेरोजगार युवाको संख्या बढ्दै गएकाले यो तालिमले स्वरोजगार बन्ने बातावरण कायम गर्ने उनको भनाई छ । ‘सिप नसिकेरै विदेशिएका कारण अहिले खाडीमा रहेका युवा, युवतिहरुको हालत खराब छ, सिप नसिकेर विदेशिनु पनि आफै दुःखमा पर्नु हो’ उनले भने, ‘विदेशिने युवाहरुमध्य एक प्रतिशतले पुर्ण र २३ प्रतिशतले आंशिक रुपमा मात्र सिप सिकेका हुन्छन्, अरु सबै सिप नसिकेर विदेशिने युवाहरुले त्यहा काम गर्न नजानेरै कुटिने, मारीने जस्ता दुःख भोग्नु परेको छ ।’ सिप सिकेर विदेशिने युवा, युवतिले भाषा पनि सिकेर जानुपर्ने विज्ञहरुले बताएका छन् । भने सिप सिकेर देशमै स्वरोजगार बन्न चाहानेका लागि सरकार तथा स्थानिय तहले पनि स्वरोजगारमुलक निति तथा कार्यक्रम ल्याएका छन् ।

रोजगार सुचना केन्द्र जुम्लाका संयोजक मेघराज गिरीले सिप बिना कतै पनि रोजगार नपाईने भन्दै स्वरोजगार बन्न सिप आवाश्यक रहेको बताए । चाहे स्वदेशमा होस्, वा विदेशमा काम गर्दा सिप सिकेको ब्यक्तिले प्राथामिकता पाउने उनको भनाई छ ।

फोएस जुम्लाका लेखा अधिकृत रोशन श्रेष्ठले बेरोजगार युवा युवतिहरुले रोजगार पाईन भनेर बस्नु भन्दा स्वरोजगारका तालिम लिएर ब्यवसायीक बन्न आवाश्यक रहेको बताए । कुनै पनि सिप सिकेमा सरकारी तथा निजि क्षेत्रमा रोजगारीको अवसर पाईने भएकाले सिप सिकेको ब्यक्ति बेरोजगार नहुने उनको भनाई छ । जुम्लामा ओल्डीङ, सिकर्मि र प्लम्बींङ सम्बन्धि तालिम लिएर पुर्ण सिप सिकेका ब्यक्तिहरुको माग भैरहेकोले यस्ता तालिम लिनेको भविष्य उज्वल रहेको बुढ्थापाको तर्क छ । अभिमुखिकरणमा सहभागी युवा, युवतिहरुले अन्तर आत्मादेखी सिप सिकेर ब्यवहारमा कार्यान्वयन गरी स्वरोजगार बन्ने अपेक्षा लिएका छन् । तालिम लिने सबै युवा, युवतिहरुलाई तालिम अवधिभर होस्टेलमा खाना र बस्नको ब्यवस्था गरीएको छ ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस