जुम्लामा महिलाको फेरी अर्को बेवारिसे लाश फेला

नन्दराम जैसी,
जुम्ला । जिल्लामा फेरी अर्को बेवारिसे लाश फेला परेको छ । हिमा गाँउपालिका वडा नं ५ स्थीत हिमा नदिको किनारमा शुक्रबार एक महिलाको बेवारिसे लाश फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महिलाको नाम, थर र वतन अँझै खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । पोष्टमार्टमका लागि उक्त लाश कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

बेवारिसे लाश पहिचानका लागि मृतकको आफन्तजनहरु पत्ता लगाउन आवाश्यक भएकाले सबैलाई आआफ्नो वडा तथा यरियामा सुचना प्रवाह गरी निजको आफन्तजनलाई सम्पर्कमा ल्याउन प्रहरीले अनुरोध गरेको छ । बेवारिसे लाशको हुलिया गँहु गोरो बर्ण, पाँच फिट दुई ईन्च उचाई, निलो कपडाको लेबन्टीले कपडा बाँधेकि, सेतो र कालो बुट्टा भएको कुर्ता लगाएकि अन्दाजी २५÷२६ बर्षजस्तो देखिन्छ ।

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस