
बनेपा । संगठित अपराधमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूूर्व मन्त्री खड्बहादुर विश्वकर्मालाई जिल्ला अदालत काभ्रेमा दोस्रो पटक उपस्थित गराइएको छ ।
जिल्ला अदालत काभ्रेले आइतवार तीन दिनका लागि म्याद थप गरे पनि पुर्न सोमबार पनि अदालत उपस्थित गराई पुनः तीन दिनको म्याद थप गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का अनुसार काभ्रेको क्रसर उद्योगमा आक्रमण गरी क्षति पुर्याएको आरोपमा उनलाई प्रहरीले अनुसन्धानका लागि भन्दै आइतबार अदालतमा पेश गरेको थियो । सोमबार अदालत पुन पेश गर्दा तीन दिनको म्याद थप गरिएको हो ।
गत शुत्रवबार सर्वाेच्च अदालत परिसरबाटै उनी प्रक्राउ परेका थिए । ‘पक्राउ परेका उनलाई नमोबुद्ध नगरपालिका(६ स्थित ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोट गराएर चारवटा टिपर, दुईवटा एक्साभेटर र एउटा डोजरमा क्षति गरेको आरोपमा अनुसन्धानका लागि प्रक्राउ गरेका हौँ’, उनले ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डलाई फरार सूचीमा राखी खोजी गर्दैै आएको थियो । त्यसै घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लवका केन्द्रीय सदस्य कृष्ण धमला र मोहन कार्कीलाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रहरीले उनिहरु दुवैलाई संगठित अपराध निवारण ऐन २०७०को दफा ७ अनुसार विस्फोटक पदार्थ प्रयोग, हातहतियार प्रयोगबाट विध्वंश गर्ने गराएको आरोपमा मुद्दा दर्ता गरेको एसपी खड्काले जानकारी दिए । उनका अनुसार कानुन अनुसार तीन वर्षदेखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
पूर्व पर्यटनमन्त्रीसमेत रहेका कालिकोटको नरहरिनाथ गाउँपालिका–६ का विश्वकर्मा जबरजस्ती चन्दा असुली, तोडफोडको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वाेच्च अदालतले छाड्ने आदेश दिएलगत्तै भदौ १ गते नै उनी पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा विश्वकर्माबाट बरामद भएको डायरीमा कुन्साङ्ग लामाको क्रसर आगजनीबाट १० करोड भन्दा धेरै क्षति गराएको अभिलेख फेला पारेको थियो । गत वैशाख १ गते मध्यरातमा लामाको क्रसरमा आगजनीको जिम्मेवारी नेकपाले लिएको थियो । आगजनीपछि नेकपाका कार्यकताले हतियारसहित नाराबाजी गरेका थिए ।
अन्नपुर्ण पोष्टबाट