सामाजिक कार्यमा सरोकार राख्दा पत्रकार चौलागाई माथि दुव्र्यवहार

जुम्ला : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यलाई अभद्र व्यवहार गरी दुव्र्यवहार गरिएको छ । तातोपानी गाउँपालिका ५ का नौसरे डाँगीले लाम्रा श्रीनगरमा मार्छु भन्दै भदौ २८ गते बेलुका कठालो समातेर दुव्र्यवहार गरेका हुन् ।


पत्रकार चौलागाईले गाउँबस्तीको बीचमा ध्वनी प्रदुषण हुने गरी काठको मिल राख्न नहुने भन्दै टिप्पणी र विरोध गरेपछि तातोपानी गाउँपालिका – श्रीनगरका नौसरे डाँगीले दुव्र्यवहार गरेको आरोप छ ।
पत्रकार चौलागाईले भने काठ च्यात्ने मिलको मापदण्ड अनुसार र बैधानिक रुपमा संचालन गर्न सुझाब दिदा आफुमाथि दुव्र्यवहार भएको बताए । उनले भने आज नै कारवाहीको माग गर्दै प्रहरी प्रशासन र सम्वन्धित गाउँपालिकामा उजुरी समेत गरेको छु ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाले प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रीय सदस्य चौलागाई माथि घटना प्रति ध्यानाकर्षण भएको भन्दै घोरभत्र्सना गरेको छ । पत्रकार चौलागाई माथि घटाएको घटना लजास्पत र नियतबस भएको हुदा त्यस्ता घटना नगर्न महासंघले सम्वन्धित व्यक्तिलाई प्रेस विज्ञप्ती मार्फत सचेत गरेको छ । घटनामा संलग्न व्यक्तिलाई कारवाहीको माग समेत गरिएको शाखाका अध्यक्ष बरमबहादुर महतद्धारा हस्ताक्षित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकारहरु पछिल्लो समयमा विभिन्न क्षेत्रबाट असुरक्षित हुने गरेकाले सुरक्षाको प्रत्याभुतिको लागि स्थानीय प्रहरी प्रशासनलाई समेत प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गरिएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस