दसैँमा टर्कीकाे मासुमा आर्कषण

जुम्ला ः  दसैँकाे बेला जुम्लामा खसीबोका भन्दा टर्कीकाे मासुमा आर्कषण देखियाे । टर्कीको सेतो मासु स्वास्थ्यको लागि फाइदाजनक रहेकोले यस प्रति आर्कषण बढेको हो ।

जुम्लामा पहिलो पटक व्यावसायीक पालन सुरु गरेका नारायण चौलागाईले दसैँमा टर्की किन्न आउनेको संख्या बढेको बताए । टर्कीको माग बढेकाले उत्साही भएकाे उनले बताए । गत बैशाख महिनादेखि सय वटा टर्कीका चल्ला पालेका उनको फर्ममा अहिले २५ वटा मात्रै बाँकी रहेको छ ।

टर्कीको मासु जुम्लामा प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । टर्की ढिलो बढ्ने तथा बढी आहारा खाने पंक्षी हो । यसलाई १५ देखि २० हप्ता सम्म पाल्दा पोथी करीब ११ किलो र भाले सो भन्दा बढी तौलको हुन्छ । यसले एक वर्षमा ८० देखि एक सय २० वटा अण्डा पार्दछ ।

प्रकाशित मिति : २०७५ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस