गैसस जुम्लाको बन्दसत्र शुक्रबार

जुम्ला ः गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जुम्लाको पाचौँ अबिधेसन तथा नागारिक सम्मेलन उद्धघाटन समारोह सम्पन्न भएको छ । संस्थाले तिन.बर्षमा गरेका कामको बिषयमा जानकारी गराउनुको साथै नया कार्यसमिति चयन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो । उद्घान सत्र सकिएपनि बन्दसत्र भने शुक्रबार हुने भएको छ । शाखाका अनुसार जिल्लामा २ सय भन्दा बढि गैरसरकारी संस्था भएपनि १४ संस्था मात्र क्रियाशिल छन् ।

गैर सरकारी संस्थाले ग्रामिण क्षेत्रको बिकासमा निकै ठुलो भुमिका खेलेको शाखाका कोषाध्यक्ष मेगराज न्यौपानेले बताए । कोशाध्यक्ष न्यौपानेद्धारा संस्थाको तिन बर्षको आय व्यय बिबरण समेत प्रस्तुत गरिएको छ । जसमा संस्थाको तिन बर्षको जम्मा आम्दानि ४८ हजार रुपैया रहेको छ । सोहि कार्यक्रममा लामो समयदेखि गैरसरकारि संस्थामा योगदान पुर्याएका शाखा पुर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डेलाई सम्मान गरिएको छ । कार्यक्रमका कार्यबहाक अध्यक्ष मयादत्त आचार्यका अनुसार जिल्लामा कार्यरत गैरसरकारि संस्थाहरुले मानवअधिकार शिक्षा, जिवीकोपार्जन, सुशासन, स्वास्थ्य, संचारको सहकार्य, सशक्तिकरण, ग्रामिण पुर्वाधार, पर्यटन विकास, महिला अधिकार लगायतका बिभिन्न क्षेत्रमा काम गरीरहेका छन् । गैरसरकारी संस्थाहरुले बिषेश गरि प्रभावकारी सामाजिक परिचालनको क्षेत्रमा अहम भुमिका निर्वाह गरेको उनले बताए ।

गैससहरु राज्यको पहुचमा पुग्न नसकेका क्षेत्रहरुमा परिपुरक सेवाहरु प्रवाह गर्दे जनताको मन जित्न सक्षम भएको उनको भनाई छ । शाखाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सेवा सुविधाबाट बञ्चित दुरदराजका नागरीक तथा गाँउसम्म गैरसरकारी संस्थाले पुलको काम गर्नुपर्ने बताए । आगामि दिनमा नगर र गाँउपालिका स्तरमा समेत गैससको शाखा बिस्तार गरीने उनको भनाई छ । तिला गाउपालिकाका अध्यक्ष रतननाथ योगीले गैरसरकारी संस्थाको कार्य प्रभावकारी नभएकै कारण आफै पतन हुने गरेको बताए । समारोह उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत र गैरसरकारी संस्था महासंघ प्रदेश उपाअध्यक्ष दुर्गा प्रसाद पाण्डेको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस