गैसस जुम्लाको नँया कार्यसमिति चयन-अध्यक्षमा अमरबहादुर रोकाया निर्वाचित

?

नन्दराम जैसी,
जुम्ला । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जुम्लाको नँया कार्यसमितिको अध्यक्षमा अमरबहादुर रोकाया निर्वाचित भएका छन् । पाँचौ जिल्ला अबिधेशन तथा नागरीक सम्मेलनबाट रोकायाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । कुल २८ मतदातामध्य २० मत खसेकोमा उनले १९ मत प्राप्त गरेका थिए । अध्यधिक मतान्तरले विजयि भएका रोकाया गैरसरकारी संस्था जुम्लाको अध्यक्षमा सुनिश्चित भएका हुन् । उनका प्रतिद्धोन्दी मयादत्त आचार्यले एक मत मात्र प्राप्त गरेका थिए । त्यस्तै उपाअध्यक्षमा रेशम शाही निर्विरोध निर्वाचित भएका छन् । भने सचिबमा मेघराज न्यौपानेले कुल खसेको २० मत मध्य सबै प्राप्त गरी विजयि भएका छन् । उनका प्रतिद्धोन्दी तिर्थराज न्यौपानेले एउटापनि मत प्राप्त गर्न सकेनन् । शाखाको कोषाअध्यक्षमा सानु शाह विजयि भएकि छन् ।

?

नँया कार्य समितिलाई गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य गोकर्ण चौलागाँईले पदको सपथ खुवाएका छन् । सपथग्रहरण गर्दै नँया कार्यसमितिले मन, बचन र कर्मका साथ नागरीकको सेवाका लागि काम गर्ने बताएका थिए । नव निर्वाचित अध्यक्ष रोकायाले नँया कार्यसमिति निर्माण गर्दा विपक्षिहरुले निकै समस्या उत्पन्न गरेपनि त्यसलाई सहज रुपमा मिलाएको बताए । आगामि दिनमा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा र जुम्ली नागरीकको हितमा सेवा गर्न चुनौति रहेको भन्दै सबैसँगको समन्वय र सहकार्यमा अघि बढ्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस