मानव अधिकारमैत्री बन्दै चुलाकोट

अनुगमन टोलीसँग छलफल गर्दै चुलाकोटबासी

नन्दराम जैसी,

जुम्ला । जिल्लाको तिला गाँउपालिका वडा नं ५ स्थीत चुलाकोट गाँउ मानव अधिकारमैत्रि बन्दै गएको छ । गाँउमा हुने हरेक विकासे क्रियाकलाप तथा अन्य गतिविधहरुमा मानव अधिकारमैत्रिको अवधारणा लागु गरीएको हो । गाँउमा निर्माण हुने भौतिक संरचनाहरु मानव अधिकारमैत्रि बनाउने प्रयास भैरहेको छ । भने हरेक क्रियाकलापमा मानव अधिकारमैत्रीको दृष्टिकोणबाट काम भैरहेको छ । मानव अधिकारमैत्री गाँउ निर्माणका लागि गाँउलाई छाउगोठ, बालश्रम, बालबिवाह र जातिय छुवाछुत मुक्त घोषणा गरीएको वडा अध्यक्ष कालि बहादुर बुढाले बताए । ‘विकास निर्माणमा गाँउका महिला पुरुषको समान सहभागिता सहित समान ज्याला दिने नियम लागु गरेका छौ, भने विकासे गतिविधिको सार्वजनिक सुनुवाई गर्ने अभ्यास पनि भैरहेको छ’ उनले भने ‘गाँउका बिग्रीएका युवाहरु विस्तारै सचेत हुँदै छन्, गाँउमा हिसात्मक घटना पनि घट्दै गएका छन् ।’ गाँउमा कुनैपनि अपराधिक घटना घटेमा गाँउलेहरु न्यायको पक्षमा एकजुट हुनुपर्ने भन्दै मानव अधिकार उल्लंघनका घटना गाँउमै मिलाउने प्रयासले पिडितले न्याय पाउन नसकेको उनले बताए ।

अनुगमन टोलीसँग छलफल गर्दै चुलाकोटबासी

गाँउलाई मानव अधिकारमैत्री बनाउने ध्ययले किर्डाक नेपालद्धारा संचालित आधार परियोजनाले चुलाकोट गाँउमा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । सोहि कार्यक्रम अन्र्तगत गाँउमा आधार केन्द्र गठन गरीएको छ । केन्द्रमा आबद्ध महिलाहरुले मानव अधिकार तथा लैंगिक हिंसाका बिषयमा छलफल गर्नुका साथै हिंसा विरुद्ध कसरी जुट्ने भन्ने कुरा सिक्दछन् । समुहमा आफुले सिकेको कुरा ब्यवहारमा कार्यान्वयन गर्ने र गाँउ समाजमा अरुलाई पनि सिकाएर कार्यान्वयन गर्न लगाउने गरेको केन्द्रकि सदस्य धनसरी बुढाले बताईन् । यसैबिच चुलाकोट गाँउमा मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन अवस्था तथा आधार केन्द्रका गतिविधिका बिषयमा आईतबार अनुगमन गरीएको छ । अनुगमनको क्रममा चुलाकोट गाँउमा मानव अधिकारको अवस्था सुधारउन्मुख अवस्थामा रहेको पाईएको छ । सो अवसरमा समुदायसँग छलफल गरीएको थियो ।

चुलाकोट पुगेपछि राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख रमेश कुमार थापाले गाँउमा मानव अधिकारको अवस्था सन्तोष जनक रहेको बताए । स्थानियहरु मानव अधिकारका बिषयमा जान्न, सिक्न र अरुलाई पनि सिकाउन अग्रसर देखिएकाले विस्तारै सुधार आउने उनको भनाई थियो । ‘कसैले पनि मानव अधिकार उल्लंघनका काम गर्न पाँउदैन, यदि गरेमा कसैले सहनु पनि हुँदैन’ उनले भने, ‘आफुमाथी हिंसा भएमा समयमै सम्बन्धित निकायमा उजुरी दिने बानिको विकास गरौ, मावन अधिकार उल्लंघन घटना गाँउमै लुकाएर कानुनको अपमान गर्दै पिडितलाई थप पिडा दिने काम कसैले नगरौ ।’ जिल्ला समन्वय समितिका सदस्य जयराज भारतिले अधिकार उल्लंघन घटना गाँउमै लुकाउन खाज्ने संजाल विरुद्ध पनि पिडितले मुद्धा गर्दा गराउनुपर्ने बताए । लैंगिक हिंसा तथा बलात्कार जस्ता अपराधिक घटना बाहिर ल्याएमा पिडितलाई समाजका अगाडि लाज हुने, समाजमा बस्न अप्ठ्यारो हुने लगाएतका बाहानामा हिंसाका घटना गाँउमै लुकाउने चलन रहेको उनको भनाई थियो ।

किर्डाक नेपाल जुम्लाका आधार परियोजना अधिकृत रोशन शाहीले मानव अधिकारका बिषयमा गाँउलेहरु सचेत बन्न थालेकाले आगामि दिनमा हिंसाका घटना नहुने र यदि भएमा पनि पिडितहरु लुकेर नबस्ने विश्वास ब्यक्त गरे । हिंसाका घटनामा पिडितलाई न्याय दिन तथा अपराधिलाई उम्कन नदिन गाँउलेहरु एकजुट हुनुपर्ने उनको भनाई छ । उनका अनुसार गाँउमा बालबालिका तथा सामाजिक सेवा र सुरक्षाको अवस्था भने सन्तोषजनक देखिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस