
जुम्ला ः तिला गाउँपालिका – १ रारागाउँका उमेरले ७५ बर्ष नाघेका जयमल रावतले भने हामी जेष्ठ नागरिक सरकार प्रति खुशी छौँ । काम गरेर खाने उमेर ढल्की सकेको अवस्थामा सरकारले मासिक रुपमा २ हजार भत्ता स्वरुप रुपैया दिएपछि जिविकोपार्जनका लागि सहज भएको छ । यसै भत्ताबाट लुगाफाटो, नुन तेल फेर्ने गरेका छौँ हामी जेष्ठ नागरिकलाई निकै राहत भएको उनको भनाई छ ।
अर्का ७७ बर्षीय जेष्ठ नागरिक किमबहादुर रावतले भने हामी बुढाबुढीको रकम कलम आउने भएपछि छोराबुहारीले माया गर्ने गरेका छन् । उनले भने यहाँका जेष्ठनागरिक कोही पनि बृद्धाश्रममा जानु परेको छैन आफ्ना घरपरिवारमा सुखदुख साटेर बसी रहेका छौँ ।
अहिलेका दिन त धेरै सजिला दिन आए उहिले हामी जुम्लाबाट महिना दिन पैदल हिडेर सुर्खेत नेपालगज्ज पुगेर दैनिक उपभोग्य सामान नुन तेल चामल बोकेर ल्याएर घर परिवारलाई पालनपोषण गर्ने गरेको बताए । तर अहिले राज्यले सडक घरमै पु¥याएको छ नुन तेल घर नजिकै पाईन्छ, भत्ता स्वरुप पैसा दिन्छ जिविकोपार्जन गर्न सजिलो भएको उनले बताए । विभिन्न सहयोग बेला बेला पाउने गरेका छौँ उनले भने औषधि देखि न्यानोका लागि कम्बल देखि लगाउने कपडा समेत पाएको छौँ हामी जेष्ठ नागरिक सरकार देखि हर्षित छौँ ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार जेष्ठ नागरिकलाई सम्मान गर्दै आएका छौँ । उनले गाउँपालिका र नविल बैकको समन्वयमा ७० बर्ष माथिका जेष्ठ नागरिकलाई जकेट, पच्छौरा र हर्लिस प्रदान गरेको सम्मान गरिएको बताए । गाउँपालिकाको सभाबाट पारित गरी दुई महिनाको एक पटक जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गरी उपचार गर्ने पनि व्यवस्था गरिएको छ ।
नविल बैक शाखा जुम्लाका प्रबन्धक रामप्रसाद लामिछानेले बैकको बार्षिक कुल नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वमा काम गर्नुपर्ने हुन्छ यसबर्ष तिला गाउँपालिका ७० बर्ष माथिका ३ सय ५० जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरिएको बताए ।