
जुम्ला ः तातोपानी गाउँपालिका – ४ जैतपुर गाउँका विपन्न दलित समुदायका व्यक्तिलाई सहयोग गरिएको छ । काठमाडौँका समाज सेवी दिनेसराज भुजुले उक्त दलित समुदायका विपन्न व्यक्तिहरुलाई सहयोग गरेका हुन् ।
समाज सेवी भुजुले जैतपुर गाउँका २२ जना विपन्न व्यक्तिलाई लत्ता कपडा र जुत्ता सहयोग गरेको सर्वाेदय विकासका लागि अभियान नेपाल(सर्वोदय नेपाल) जुम्ला कृषि प्राविधिक तिर्थराज खत्रीले बताए । उनले हामीले दलित समुदायका विपन्न व्यक्तिहरुलाई छनौट गरी जकेट, स्वीटर, जुत्ता लगायत कपडा वितरण गएको बताए ।
तातोपानी गाउँपालिका – ४ की कलु कामीका अनुसर विपन्न व्यक्तिलाई लत्ताकपडा वितरण गर्दा केही राहत भएको बताए ।
प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते सोमवार