आफुले दान गरेको जग्गामा विद्यालय बनेर विद्यार्थी पढेको हेर्ने रहर ‘६० बर्षिय बृद्ध’

६० वर्षिय वृद्ध जोखे थापा । तस्विर ः रतन नेपालि

६० वर्षिय वृद्ध जोखे थापा । तस्विर ः रतन नेपालि

नन्दराम जैसी,

जुम्ला । जिल्लाको तिला गाउँपालिका ३ थापागाउँका ६० वर्षिय वृद्ध जोखे थापाले विद्यालयलाई निशुल्क जग्गा दान गरेका छन् । गाँउमा रहेको पञ्चेश्वर महादेब आधारभुत बिद्यालयको भवन निमार्णका लागि उनले ३ सय ४५ वर्गमिटर जग्गा दान गरेका हुन् । उक्त जग्गा करबि ६ लाख बराबर मुल्यको हो ।

विद्यालयसँग जग्गा नहुँदा भवन निर्माणमा देखिएको समस्याका कारण विद्यार्थीहरु साँघुरो भवन तथा खुला चौरमै पढ्न बाध्य थिए । त्यसले बिद्यार्थीको पढाईमा समेत असर पर्दै गएपछि भवन निमार्णका लागी राजिखुसीले जग्गा दान गरेको वृद्ध जोखे थापाको भनाई छ । ‘मैले दान गरेको जग्गामा चाँडै भवन बनेर विद्यार्थीले पढेको हेर्ने रहर छ, सोही अनुसार वडापालिकाले पनि भवन निर्माणमा जोड देओेस्’ उनले भने । यसअघि गाउँपालिकाले भबन निमार्णका लागि बजेट ब्यवस्थापन गरेपनि जग्गा ब्यवस्थापन गर्न सकेको थिएन ।

प्रकाशित मिति : २०७५ फाल्गुन ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस