गुनासो होईन प्रश्न गर्दै,समृद्धीको खोजीमा कर्णालीका तन्नेरी

सागर परियार, आफ्नो गाउँ आफै बनाउ, शुसाशन पारर्दशिता तथा विकास निर्माणमा भएका अनियमितताका विषयमा गुनासो होईन सिधा प्रश्न गरौ अभियान कर्णालीका तन्नेरीले शुरु गरेका छन् । मानव विकास सुचांकमा सबै भन्दा पछि परेको, हाल सम्म पनि पुजिगत खर्च शुन्य भएको, विभिन्न सम्भावनाका बीच पनि अबसरहरुको खोजी नभएको, ठाउँ ठाउँमा डोजर आतंक मच्चीरहेको अबस्थामा घरमा बसेर गुनासो होईन प्रश्न गर्दै, विकास खोज्ने, भ्रष्चारको अन्त्य खोज्ने, अभियानमा कर्णालीका तन्नेरी जुटेका छन् ।

राष्ट निर्माणको बलियो खम्बा मानिने तन्नेरीलाई राज्यले पनि उपेक्षा गरेको अबस्था त छदै छ । तर पनि युवाले पनि देश र जनताको लागि अबसर पाएमा धेरै गर्न सक्छन् भन्ने सन्देश, कर्णाली बाट दिने, तन्नेरी चासो सुर्खेतका प्रमुख दिनेश गौतमले दाबी गरे । उनले भने, हामी संग प्रमाण नभएको, प्रमाणमा आधारित, खोजीनीति गर्ने उपाय थाहा नभएको र नीतिगत कुरा थाहा नभएकोले गर्दा, कर्णालीका युवा लगायत आम नागरिक, भ्रष्टचार, अनियमितता विरुद्ध सधै गुनासो गरिरहेका थिए ।

अब तन्नेरी चासो सुर्खेतले कर्णालीका दश वटै जिल्लाका सयौ तन्नेरीलाई स्थानीय सरकारले बजेट निर्माण प्रक्रिया, सार्वजानिक नीति निर्माण, प्रमाणमा आधारित बहस तथा छलफल, लगायतका विषयमा जागृत गर्दै समृद्ध कर्णाली निर्माणका लागि कर्णालीकै युवा हरुलाई अग्रसर बनाउने अभियानमा लागेको गौतमको भनाई छ । जस अनुसार जुम्लामा गएको माघ १९ देखि २२ सम्म तन्नेरी लक्षित, सार्वजानिक नीति, प्रमाणमा आधारित बहस छलफल, न्यु मिडिया सम्बन्धीको बारेमा साविक कर्णालीका पाँच जिल्लाका तन्नेरीहरुलाई तालिम दिइएको गरिएको थियो । यस अघि, रुकुम, जाजरकोट, दैलेख,सल्यान र सुर्खेत जिल्लाका तन्नेरीलाई सिकाइएको थियो ।

स्थानीय सरकार आएपछि, सडक निर्माणका नाममा ठुलो भ्रष्टचार भईरहेको छ, तर हामी संग कुनै प्रमाण छैन्, अब जुम्लाका तन्नेरीले प्रमाणमा जुटाउने र विकास निर्माणमा जनप्रतिनिधि र कर्मचारीले गरेको भ्रष्टचार लाई बहसका रुपमा बाहिर ल्याउने, तन्नेरी धनराज सुनारले बताए । राजनीतिक जवाफदेहिता, विकासमा पारर्दशिता, सेवा प्रवाहमा सुशासन, नागरिक उत्तरदायित्व, सबैको हित हुने सार्वजानिक नीति, मागमा आधारित विकास प्रक्रियामा अब कर्णालीका तन्नेरीले स्थानीय सरकार लाई सबलीकरण गर्ने छ । कालो धनले सेतो विकास गर्न खोज्ने, प्रबृत्ति मौलाएको छ । कर्णालीमा पुजिँगत खर्चको अबस्था शुन्य छ ।

कृषि, पर्यटनका सम्भवाना हुँदा पनि लगानी नहुँदा आर्थिक लाभ लिन सकिएको छैन् । पाँच वर्षमा जनप्रतिनिधिको तलब भत्ता बाफत मात्रै, झण्डै, २ अर्ख, ५० करोड बढि बजेट खर्च हुने देखिन्छ । भने, आन्तरिक आय, आम्दानीका स्रोत, आन्तरिक तथा बाह्य लगानी भित्राउने सबालमा नत स्थानीय सरकार नत प्रदेश सरकार गम्भीर छैनन् । झण्डै ७९ वटा स्थानीय सरकार रहेको कर्णाली प्रदेशमा युवा लक्षित कार्यक्रमहरु ओजेलमा छन् । नत नीति निर्माणमा सहभागिता, नत विकास निर्माणमा खाली भाषण र नारामा देश निर्माणको जिम्मेवारी युवाको काँधमा छ भनेर समृद्धी आउदैन भन्ने कर्णालीका तन्नेरीले ठम्याई सकेका छन् ।

उपभोक्ता सरक्षण ऐन २०५३ को संसोधन २०७४ अनुसार विकास निर्माणमा पारर्दशिता छैन् । मापदण्ड अनुसार संरचना बनेका छैनन् । जनप्रतिनिधिले डोजर आतंक मच्चाउदाँ, वाताबरणिय सौन्र्दयता बिग्रीएको त छदैछ, । सार्वजानिक सुनुवाई ऐन, २०५५ नियमावली २०५६ अनुसार अनिवार्य योजनाको सार्वजानिक सुनुवाई हुनुपर्ने व्यवस्था छ । तर भएको पाईदैनन् । अनुगमन बिना योजनाको भुक्तानी गर्ने, लगायतका विभिन्न खाले, नीति विपरित भ्रष्टचार र व्यवहारिक भ्रष्टचार कर्णालीमा मौलाएको छ ।

यसको अन्त्यका लागि तन्नेरी चासो सुर्खेतले कर्णालीका सयौ तन्नेरी युवाहरुलाई जागृत गराउदै, लाखौ खर्च गरेर सामाजिक चासोका बारेमा जागृत गर्दै, भ्रष्टचार अन्त्य, शुसाशन पारर्दशिता कायम, राजनीतिक जवाफदेहिता, सार्वजानिक नीति निर्माणका विषयमा निरन्तर खबरदारीका साथ गुनासो नभई सिघै प्रश्न गर्ने अभियानको थालनी गरेको छ । जुम्लाका सयौ, युवा युवतीले जुम्लाको विकास र समृद्धीबा लागि आ आफ्नो ठाउँबाट भ्रष्टचार अन्त्य र राजनीतिक जवाफदेहितका लागि निरन्तर प्रश्न गर्ने प्रतिबद्धता गरेका छन् । भ्रष्टचार लाई शुन्य सहनशिलतामा झार्न कर्णालीका तन्नेरी एकै ढिक्का भएर अघि बढ्ने संकल्प गरेका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस