दिगो विकासका लागि स्वच्छ पत्रकारिता

हस्त वुढा,

जुम्लामा आईतबार देखि शुरु भएको तीन दिने अन्तर्तक्रिया तथा कार्यक्रम तथा पत्रकारको क्षमता अभिवृद्धि तालिम सोमबार सम्पन्न भएको छ । नेपाल सरकार सुचना प्रविधि मन्त्रालय सुचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासघ जिल्ला शाखा जुम्लाको सयुक्तमा आयोजनामा तालिम गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाकि मेयर कान्तिका सेजुवालले तालिमको कार्यान्वयन तथा सार्थकता बनाउन सुझाब दिईन । जिल्लाको विकास र शुसाशन पारर्दशीताका लागि तथ्यगत पत्रकारिता गर्नु पर्ने उनको भनाई छ । सेजुवाल का अनुसार पत्रकारहरुले कलम नचलाए पिडितले न्याय पाउदैनन्् । त्यसैले, सधै आम नागरिकको हितका लागि कलम चलाउन उनको सुझाब छ । जुुम्लाका पत्रकारलाई अझै क्षामता विकासका तालिम आबश्यक छन् ।

प्रशिक्षक विजय मिश्रले भने, पत्रकार सधै दबाब र प्रभाव बाट टाढै रहनु पर्छ । आर्थिक लोभमा नपरी सामाजिक हितमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए । तीन दिने तालिमले सामान्य कुरा सिके पनि दुर्गमका पत्रकारलाई क्षमता विकास आबश्यक रहेको उल्लेख गरे । जुम्लाको विकासका लागि जुम्लाका पत्रकार अब एकेबद्ध भएर जानुको विकल्प नरहेको पत्रकार महासघ जुम्ला शाखाका अध्यक्ष बरम बहादुर महतको भनाई छ । दुई दिने तालिममा जुम्लाका ३० जना पत्रकारको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस