विद्यालयको पहुँचमा ल्याउन ४५० विपन्न तथा बालबालिका शैक्षिक राहात

सागर परियार

तिला गाउँपालिका ३ का देवराज रोकाया अहिले कक्षा १ पढ्छन् । घरमा आमा बुबा नभएको र पारिवारिक अबस्था निकै कमजोर भएकोले नियमित स्कुल जादैनन् । आंगमा लगाउने कपडा पनि राम्रो छैन् । न कापी न कलम, अभावले उनलाई स्कुल जान मन लाग्दैन् । त्यस्तै तिला ६ रिपी गाउँकी लालमायाको अबस्था पनि उस्तै छ ।

उनका बुबा छैनन् । सानैमा छदाँ बुबाको मुत्यु भएपछि, उनको पढाईमा निकै समस्या छ । आमा विहान बेलुकाको छाक टार्नको लागि काम गर्दै ठिक्क छ । आर्थिक अभावले सताएपछि छोरीलाई विद्यालय जान पनि कर गर्दिनन् लालमायाकी आमा । मजबरीका कारण छोरीलाई विद्यालय पठाउन नसकेको उनी बताउँछन् ।

झोला छैन्, राम्रो लगाउने पनि छैन्, छिमेकीका बच्चाले नयाँ लगाएर जाँदा मन चसक्क हुन्छ,तर पनि के गर्नु भन्दै लालमायाकी आमा चिन्तामै छन् । साथै जीवन रावत देवलक्ष्मी आधारभुत विद्यालय सुडिमा पढ्छन् । उनको पिडा पनि देवराज र लालमाया भन्दा कम छैन् । कसैका बाबुआमा नभएर समस्या कसैका भएर पनि समस्या, जीवन शारिक रुपमा अपांग छन् ।

भने, घरको पारिवारिक अबस्था निकै कमजोर छ । जसले गर्दा उनी नियमित स्कुल जादैनन् । जसका करण उनको पढाई दिन प्रतिदिन प्रभावित हुदैँ गईरहेको छ । कर्णालीमा अहिले पनि आर्थिक सामाजिक तथा पारिवारिक अबस्थाका कारण विद्यालय पहुँच भन्दा बाहिर धेरै बालबालिका छन् ।

घर बलियो बनाउन जग बलियो हुनै पर्छ, त्यसैले सानै देखि बालबालिकाको सिकाई बृद्धि गर्न, विद्यालय पहुँचमा पुराउन सरकारले विशेष नीति लिनु पथ्र्यो । तर सरकार पुग्न नसके पनि वल्र्डभिजनको साझेदारी किर्डाकद्धारा संचालित शिक्षा परियोजनाले जुम्लामा सयौ विपन्न तथा अनाथ बालबालिकालाई शैक्षिक सामाजिक सहयोग गरेको छ ।

४ सय ५० विपन्न बालबालिकाले पाए राहात
शिक्षा परियोजनाले जुम्लामा केहि समय अगाडी गाउँ गाउँमा विपन्न, अनाथ बालबालिकाको तथ्यांक संकलन गर्यो । आफ्ना कार्यक्षेत्र, तिला, तातोपानी, चन्दननाथ र पातारासी क्षेत्रका आर्थिक अबस्था कमजोर भएका कारण विद्यालयको पहुँचमा नपुगेका बालबालिकालाई राहात दिन तथ्यांक संकलन गर्यो ।

तथ्यांक संकलन पछि अति विपन्न तथा अनाथ, जो कापी,कलम, कपडा तथा झोलाको अभावमा विद्यालय जान सकेका छैनन् उनीको सहयोगका लागि शिक्षा परियोजनाले गाउँ गाउँमा अभियान थालेको किर्डाका शिक्षा परियोजना संयोजक दिपराज रावतले बताए । तथ्यांक अनुसार चार स्थानीय तहका ४ सय ५० जना अति विपन्न तथा अनाथ बालबालिकालाई झोला, स्कुल पोशाक, सुईटर, कापी, कलम, ज्यामती, झोला टोपी लगायत उनीहरुलाई केहि समय सम्म पुग्ने सबै शैक्षिक सामाग्री दिइएको छ ।

जसअनुसार तिला गाउँपालिकाका देवलक्ष्मी आधारभुत विद्यालयका २२ जना, महादेव आधारभुत विद्यालयका ३३ जना गरी ५२ जना बालबालिकालाई राहात प्रदान गरिएको फिल्ड अधिकृत नर बहादुर थापाले बताए । साथै तातोपानीका भवानी आधारभुत जर्मी, सुन्दरमणि डाँगीवाडा, हिमाली आधारभुत विद्यालय बाबिरा गरी झण्डै १ सय जना बालबालिकालाई राहात दिइएको फिल्ड अधिकृत पुष्पा खत्रीले बताईन ।

भने बाँकी विद्यालय कार्यक्षेत्रका, तिलाको नाभिडाँडा आधारभुत विद्यालय, चन्दननाथ नगरपालिकाको जनता प्राविधिक विद्यालय, कर्णाली मावि अनामनगर, पातारासीका शंकर आधारुभत विद्यालय, आधाभुत विद्यालय लुम, लगायत १५ वटा विद्यालयका ४ सय ५० विपन्न बालबालिकालाई शैक्षिक राहात प्रदान गरिएको परियोजना संयोजक दिपराज रावतले जानकारी दिए । उनका अनुसार, आर्थिक, पारिवारिक तथा सामाजिक कारणले विद्यालयको पहुँचमा नपुगेकालाई विद्यालयमा ल्याउने उद्देश्यका साथ र सहयोग गरिएको हो । राहातले सबै बालबालिका विद्यालयमा जाने भएका छन् ।

राहात पाउँदा खुसी
तिला ३ का देवराज रोकायाको आंगमा जन्मेदेखि ६ वर्षको उमेर सम्म नयाँ कपडा थिएन । राहात स्वरुप उनले कपडा, झोला कापी कलम पाउँदाको खुसी बयान गरि सक्नु छैन् । उनले राहात हातमा पर्न नपाउँदै लगाउन शुरु गरे । विद्यालयको पोशाक हरियो पेन्ट, निलो सर्ट लगाउँदा मुसुक्क हाँसेर उनले भने, आहा, कति राम्रो अब त यहि लगाएर सधै स्कुल जाने हो, झोला बोक्ने भन्दै निकै खुसी भए ।

खोई बाबाले कापि, कलम कहिले किनिदिन्थे, आज त यति धेरै कापी कलम पाए अब त सधै स्कुल जान्छु खुसी हुर्दै सुन्दरमणि आधारभुत विद्यालयमा ४ मा अध्ययनरत छात्र भिस्म डाँगिले बताए । सहयोग पाउँदा सबै बालबालिका निकै खुसी भएर विद्यालय जान तमतयार भएका छन् । शिक्षक दिपक बुढाका अनुसार जतिखुसी विद्यार्थी छन् ती भन्दा बढि हामीलाई लागेको छ ।

उनले भने, हामीले स्कुल भन्दा मान्थेनन, तर नयाँ कपडा पाएपछि अब विद्यालय पाउने भए । आर्थिक अभाव र गरिबीको चपेटामा परेका अभिभावकले विद्यार्थिको रुचि चाहनालाई सम्बोधन गर्न नसक्ने भएकोले पठनपाठन प्रभावकारि हुन सकेको थिएन । तर अब निकै सहज हुने शिक्षक अर्जुन बुढाले बताए ।

शिक्षामा लगानी
बालवालिकालाई पोसाक र सामाग्रि वितरण गर्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सामाग्रि वितरण गरेर दिर्घकालिन समस्या समाधान नहुने बताए । क्षणिक समस्या समधान भएपनि दिर्घकालिका लागि स्थानीय सरकारले शिक्षामा लगानी बढाउने बताए । जिल्लाका १५ वटै विद्यालयका ४ सय ५० बालबालिकालाई जनप्रतिनिधिको हातबाट राहात वितरण गराइएको छ ।

तिला ७ का वडाध्यक्ष हस्त बहादुर बुढाले विपन्न बालबालिकालाई दिर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकारले नीति तथा कार्यक्रममा बजेट ल्याउनु पर्ने बताए । चार वटै स्थानीय तहका जनप्रतितनिधिले शिक्षामा लगानी बढाउने र बालबालिकाको विद्यालयमा पहुँच बृद्धि गर्नमा अभियानकै रुपमा कार्यक्रम चलाउने बताएका छन् ।

प्रकाशित मिति : २०७६ असार १ गते आइतवार
प्रतिक्रिया दिनुहोस