आम्दानीको स्रोत बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कनकासुन्दरी गाउँपालिका – ३ मा निर्माणाधिन फुटाशिली देखी गोठेलवाडा सम्म पदमार्ग निर्माण योजनाको अनुगमन तथा निरिक्षण गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटा । तस्वीर ः हंशराज न्यौपाने

जुम्ला ः चैत्र १२ गते बेर्नामा वीउ राखेर जेठ मध्ये समयमा रोपाई सकिए सकेपछि जुम्ली विपन्न नागरिकहरुलाई अव के काम गर्ने र कसरी घरखर्च चलाउने भन्ने चिन्ताले पिरोल्न गर्दछ । रोपाईको समयमा आफ्नो अलिकति जग्गा जमिन हुनेहरु आफ्नो रोपाईमा व्यस्त हुन्छन भने आफ्नो रोपाई गर्ने खेत नहुनेहरु अर्काको दैनिक ज्यालदारी रोपाईमा जान्छन् । तर रोपाई सकिएपछि उनीहरु काम पाउँदैनन् । नितान्त बेरोजगार बस्नुपर्ने बाध्यताले उनीहरुलाई घेर्छ, तर यो पटक भने बिपन्न तथा बेरोजगार नागरिकहरु रोजगारीकै लागि भौंतारिनु पर्ने अवस्था छैन ।


प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएपछि कनकासुन्दरी गाउँपालिकाका आठ वटै वडाका विपन्न नागरिकहले काम पाएका छन् । स्थानीय सरकारको अति प्राथमिकतामा परेको सो कार्यक्रममा कनकासुन्दरी गाउँपालिकाले सुचिकृत भएका २ हजार १ सय ८१ बेरोजगार ब्यक्तिहरु मध्ये ३ सय १० जना कामदारलाई १५ दिनको रोजगार पाएको र दैनिक ६ सय ६० रुपैया ज्यालादर तोकेर काम गरिरहेका छन् ।
आठ वटै वडामा श्रममुलक परियोजनाहरु स्वीकृत गरी वेरोजगार व्यक्तिहरुलाई काममा लगाएको गाउँपालिकाले प्रत्येक परियोजनामा ३९ जना कामदार खटाएको छ भने उनिहरुमध्येवाटै टोली नेता छनौट गरी दिनमा दुई पटक कामदारको हाजिरीलाई अनिवार्य गरिएको छ । आठ वटै वडामा सञ्चालित आयोजनामा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र रोजगार संयोजकले अनुगमन गर्दै आएका छन् ।
हातमा कोदालो बोकेर बाटो खन्दै गर्दा पसिनाले भिजेका परेली पुछ्दै कनकासुन्दरी गाउँपालिका – ३ की २३ बर्षीया पञ्चकली बुढाले भनिन्– “रोपाई सकिएपछि के काम गर्ने घरको नुन तेलको र बच्चाको कापी कलमको खर्च कसरी ब्यवस्था गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो यो रोजगारी काम पाएका छौँ काममा आउनु भन्ने खवर वडा सचिवले भनेपछि सारै खुसी लाग्यो ।”


१३÷१३ जनाको तीन समूह वनाएर काम गरी रहेका अधिकांश कामदारहरु गाउँमै रोजगारी पाएकोमा दंग देखिन्थे भने गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत नै योजनाको शिलान्याशका लागि विकट गाउँमा पुगेर उनीहरुको थप रोजगारीको सुनिश्चितताको लागि चिन्तित रहेको बताई रहँदा कामदारहरु अव आफूहरु विदेशिनु नपर्ने र नुन तेलकै लागि शहरमा भरिया हुन जान नपर्ने भएकोमा खुसी देखिन्थे । स्थानीय सरकारसँग थप काम र थप रकमको उनीहरुले माग समेत गर्न थाले ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थोरै बजेट आएको र वेरोजगार नागरिकहरु बढी भएकाले सवै बेरोजगारहरुलाई समेट्न नसकिए पनि बरोजगारहरु मध्येका विपन्न नागरिक यस आर्थिक बर्षको योजनामा समेटिएको गाउँपालिका अध्यक्ष नरविर रावत बताए । उनले भने–“हामीले प्रत्येक योजनाको अनुगमन गर्ने गरेका छौँं । जनताले पाउने पारिश्रमिकको सुनिश्चितता गरेका छौँं । प्रधानमन्त्री रोजगारको बजेटले नपुग्ने अवस्थामा हामी आगामी आर्थिक बर्षमा गाउँपालिकाका अन्य योजनामा पनि वेरोजगारलाई काममा लगाउने छौंँ । म दावीमा साथ भन्छु दुई छाक टार्न अव कसैलाई अफ्टेरो हुँदैन । त्यसको सुनिश्चितता गाउँपालकाले गर्छ ।”


प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको कनकासुन्दरी गाउँपालिका – ३ मा सञ्चालित फुटाशिला देखि गोठेल वाडासम्म पदमार्ग निर्माण योजनाको शिलान्याश गर्न गाउँपालिका अध्यक्षसँगै पुगेका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटा पनि जनताको बेरोजगारी समस्या कसरी हल गर्ने भन्ने कुरामा चिन्तित थिए । योजनाको संयुक्त शिलान्याश गर्दै उनले भने–“हामी सम्पूर्ण बेरोजगारलाई कसरी राजगारी सृजना गर्न सकिन्छ भनेर योजना वनाई रहेका छौंँ । गाउँपालिकाले सञ्चालन गर्ने अन्य योजनामा समेत डोजरको परिचालन गर्ने कुरालाई निरुत्साहित गरिरहेका छौंँ । श्रममा आधारित योजनामा गाउँपालिकाको बजेट विनियोजन गर्ने नीति लिएका छौँं ।” उनले अगाडी भने –“हामी जनताको सुखदुखका साथी हौं । भोको पेट हाम्रा नागरिकलाई बस्न दिदैंनौ । बेरोजगारले श्रमलाई सम्मान गर्नुपर्छ । गुणस्तरीय योजना निर्माण गर्नुपर्छ । ”

कनकासुन्दरी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हंशराज न्यौपानेको प्रस्तुतिमा आधारित

प्रकाशित मिति : २०७६ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस