
जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही ९प्रभाजित०सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन् ।
उनीहरूलाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा जिप्रका जुम्लाबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो। अहिले उनीहरूका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सेक्रेटरी शाही लामो समय देखि भुमिगत अवस्थामा थिए। युवा अभियान सञ्चालन गर्न उनीहरू गाउतिर झरेका हुन् । बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेको भन्दै दुख ब्यक्त गरेको छ । यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर तिरूवा (रविकिरण) लाई सिजा गाउँपालिकाको घोड्याङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।
जुम्लाको सिजा क्षेत्रका विप्लवका गतिविधि बढेको भन्दै प्रहरीले उच्च निगरानीमा राख्दै आएको छ। विप्लव समुहले दुई साता अघि जुम्लाको तिलागाउपालिका र चन्दननाथ नगरपालिकामा ताला लगाएको थियो ।