विभिन्न पाटी परित्याग गर्दै चौधविसका २७ जना नेकपामा प्रबेश

कर्णाली पोष्ट जुम्ला । देशभर विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गर्ने लहर चलिरहेको बेलामा सोमबार जुम्लाको पातारासी गाउपालिका – ६ का २७ जना बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका छन् । देश संघियतामा गएसंगै आफ्नो गाउँको समृद्धी गर्न नेकपाको पार्टी आबश्यक भएको भन्दै २७ जना नेकपामा प्रबेश गरेका हुन् । नेकपाको पातारासी गाउँपालिकाको गाउँकमिटीले आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु सिन्दुर र दोसल्ला ओढेर पार्टी प्रबेश गरेका हुन् ।

प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले पछाडि परेको साबिकको पटमारा गाबिसको बिकासका लागि नेपाल कम्युनिष्ट पार्टी आबश्यक भएकाले हामी राजखुसी भएर पार्टीमा प्रवेश गरिएको उनीहरुले बताएका छन । नेकपाको दुइतिहाईको सरकारले पटमाराका नागरिकको लागि शिक्षा स्वास्थ्य, रोगजारीको ब्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले दोसल्ला ओडाएर पार्टी प्रबेश गराएका हुन् । नेपाली काग्रेसबाट ६ जना, नयाँ शक्तिबाट ४ जना, राप्रपाबाट ३ जना र नेमाकिपाबाट १४ जनाले पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका हुन् । प्रतिनिधि सभा सांसद महतले सरकारले नागरिकका शिक्षा, स्वास्थ्य र रोजगारीको ब्यवस्था गर्न तर्फ लागी परेको बताए ।

उनले भने अब दुइतिहाइको सरकारले नागरिकका जल्दा बल्दा समस्या समाधान गरी आयआर्जन गर्न तर्फ लागी परेको छ । नागरिकको बिकास र समृद्धिको लागि सिहंदरवार गाँउमा आएको भन्दै शुखी र समृद्धिको नारा सहाकार पार्न सरकार स्थिरता तर्फ लागेको बताए ।

नेकपाका कर्णाली प्रदेश कमीटिका सदस्य पुर्णप्रसाद धितालले नेकपामा प्रबेश गरेका कार्यकर्तालाई शुभकामना दिर्दै आगामी दिनमा पार्टीको नितिनियममा रहि अगाडी बढन सुझाव दिए । नेकपाका जुम्ला जिल्लाका अध्यक्ष विरबहादुर कुवँरले अबको कम्युनिष्ट पार्टीको नारा जनताको जनबाद रहेको बताए । उनले आफ्ना कार्यकर्तालाई व्यक्तिगत स्वार्थ भन्दा नागरिकको बिकास मुखी भएर लाग्न आग्रह गरे ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस