तिला नदीको किनारमा वेबारिसे शव फेला

जुम्ला ः तिला गाउँपालिका – १ रारालिहि स्थित तिला नदीको किनारमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । बुधबार साँझ रारालिहि प्रहरी चौकीका प्रहरीले वेबारिसे शव फेला पारेका हुन् ।
प्रहरी निरीक्षक नविन वलीका अनुसार वेवारिसे अवस्थामा तिला नदीको किनारमा सडगलेर गनाउने अवस्थामा शव फेला परेको हो । उक्त शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला शव गृहमा राखिएको उनले बताइन् ।
उक्त शवका विषयमा कुनै पनि खुल्न आएको छैन उनले भनिन् कोही कसैले चिन्न र बुझ्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला प्रहरी कार्यालयमा जुम्लामा सम्र्पक राख्न सकिने छ ।

प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस