सागर परियार
हिरा धनजय आधारभुत विद्यालय जुम्लाकै दुर्गममा अबस्थित छ । जुम्लाको पुर्वमा पर्ने गुठिचौर गाउँपालिका २ गोठी गाउँमा अस्थित हिरा धनजय आधारभुत विद्यालय दुर्गम भित्र एक सुगमको आभास दिलाउने गुणस्तरी शिक्षा प्रदानको प्रयासमा थियो । जति बेला त्यहा विद्यार्थी जान आनेकाने गर्थे,ईसिडि देखि कक्षा ३ सम्म पढ्ने बालबालिका त झन विद्यालय जानै मान्थेनन् । त्यतिबेला पनि गोठीगाउँका अभिभावक शिक्षकहरु बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने कसरतमा थिए ।
त्यहि कसरतका बीच होस्टेमा हैस्य गर्न प्लान नेपाल र किर्डाक नेपाल त्यहा पुग्यो । जतिबेला बालबालिका स्कुल आउन मान्थेनन, एक सय १२ जना मात्रै बालबालिका थिए, सिकाई उपलब्धी ५३ प्रतिशत मात्रै थियो । त्यतिबेला किर्डाक र प्लानको उपस्थितीले विद्यालयको शैक्षिक गुणस्तर,सिकाई उपलब्धी, बालमैत्री वाताबरण, कक्षा व्यवस्थापनमा टेवा पुग्ने दृढ विश्वास भएको हिराधनजय आधारभुत विद्यालयका प्रधानाध्यापक दिपराज थापाले बताए । उनले भने, प्लान र किर्डाकको समाबेशी शिक्षा कार्यक्रम लागु भएको दुई वर्षको अन्तरालमा विद्यालयमा ८० बालबालिका थपिएका छन् । सिकाई उपलब्धी ५३ बाट बडेर ५७ पुगेको छ । त्यसैगरी ईसिडि कक्षा व्यवस्थापन बालमैत्री भएपछि बालबालिका घर भन्दा विद्यालयमा रमाउन थालेका छन् ।
जसले गर्दा पहिलोको रटाउने शिक्षा प्रणाली अन्त्य भएको उनको भनाई छ । अझै तालिम लिएका शिक्षणहरुको कार्यान्वयन पुर्णरुपमा भएको खण्डमा विद्यालयलाई नमुना बनाउन सकिने उनको दाबी छ । त्यस्तै, गुठिचौर गाउँपालिका २ मा अबस्थित खड्कदेवि मावि विद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त भएपनि, बालमैत्री शिक्षण, बालमैत्री वाताबरणको अभाव थियो । साहेत अहिले शिक्षा समन्वय ईकाईबाट एक पनि तालिम नपाउने एक विद्यालय खड्कदेवि मावि पनि हो । जहा शैक्षिक गुणस्तर कायम, बालबालिकालाई विद्यालय पहुँचमा पुराउन सारै ग्राहो थियो । प्रधानाध्यापक विष्णुभक्त शर्माले भने, तर किर्डाक नेपाल र प्लानको कार्यक्रमले आधारभुत तहका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सहज भएको छ । हाल विद्यार्थी संख्या करिब ५ सय छ । विगत दुईवर्षको तथ्यांक अनुसार १५ प्रतिशतले आधारभुत तहमा बालबालिका बढेका छन् । सिकाई उपलब्धी पनि मावि तह भन्दा आधारभुत तहको राम्रो, समाबेशी शिक्षा कार्यक्रमको ठुलो परिवर्तन भएकै बालबालिकालाई लठ्ी प्रयोग गर्न अन्त्य भएको छ ।
भने पढाई नहुँदा कक्षामा थुन्नुपर्ने समस्या हटेको छ । शिक्षक नजादाँ पनि एक देखि ३ सम्मका बालबालिका आफै पढ्छन्, खेल्छन् रमाउछन् । तर त्यहामा शिक्षकहरुले तालिम लिएको कार्यान्वयन भने २५ प्रतिशत मात्रै रहेको प्रअ शर्माले बताए । शिक्षा प्रति सबैको सकारात्मक धारण, शिक्षकको क्षामता अभिबृद्धि सहित विद्यार्थीको लगनशीलताले गर्दा गुणस्तरी शिक्षा र नमुना विद्यालय बनाउने सकिने समन्वय समितिका उपप्रमुख कार्मा बुढाको भनाई छ । संस्थाका कार्यक्रम गई सकेपछि बालबालिकाको संख्यामा बृद्धि गर्न स्थानीय सरकारले लगानी गर्नुपर्नेमा उनको जोड छ ।
दुर्गमका नागरिकलाई चेतना विकास गरी बालबालिकालाई शिक्षाको पहुँचमा नल्याए सम्म समृद्धी असम्भव छ । त्यसैले आधारभुन तहमा राम्रा बालबालिका माथिल्लो तहका विग्रने समस्याको अन्त्य गर्ने शिक्षाा दिन पनि सुझाब दिए । गएको बुधबार गुठिचौरका दुई विद्यालयमा गरिएको अनुगमनमा समाबेशी शिक्षा परियोजनाले कक्षा कोठा व्यवस्थापन, सिकाई बृद्धि, सरसफाई व्यवस्थापन, बसाई व्यवस्थापन लगायत सहयोग गर्दा बालबालिका विद्यालय पहुँचमा बृद्धि भएका छन् । कक्षा ५ माथिको व्यवस्थापन राम्रो नभएको पनि पाइएको थियो । स्रोत साधनको अभाव देखाउदै तालिम लिएका शिक्षकहरुले व्यवहारमा कार्यान्यन नगर्ने समस्या पनि देखियो ।
यस विषयमा शैक्षिक बहस देखि नीतिगत ढंगबाट शिक्षाको विकासमा गम्भीर हुनु पर्ने प्लानका अनुगमन संयोजक सम्पुर्ण पौडेलले बताए । .परियोजना अवधि अन्तिम तिर आएकोले कार्यक्षेत्रका विद्यालयहरुमा आएको परिवर्तनका बारेमा आम सरोकारवालालाई जानकारी गराउन तथा आगामी दिनमा स्थानीय सरकार अभिभावकले निरन्रता दिउन भन्ने सोचका साथ संयुक्त अनुगमन गरिएको समाबेशी शिक्षा परियोजनाका सामाजिक परिचालक राम दवाडीले बताए ।