जुम्ला । जुम्लाका यूवाले आफ्नो जन्मदिनमा दुर्गम गाउँका विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । जन्मदिनमा हुने फजुल खर्च रोक्दै विपन्न बालबालिकाको राहतका लागि जन्मदिनको अबसरमा युवा विशाल जंग महत र रुपेश जंग शाहीले दुर्गम गाउँका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
यूवा महतले पातारासी -३ स्थित हुरि ,मोहोरी दुर्गम गाउका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री र चामल सहयोग गरेका थिए । त्यसै शाहिले आफ्नो जन्मदिनको अबसरमा चन्दननाथ-८ स्थित जातिभिड गाउका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री र खेलकुदका सामग्री सहयोग गरि जन्मदिन मनाएका हुन् ।
युवाले गरेको स्वागत योग्य कामको पातारासी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निस्चल न्यौपानेले प्रसंशा गरेका छन् । राम्रो कामको लागी युवालाई सधैं आफ्नो सहयोग रहिरहने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको भनाइ छ।
यूवाहरुले यस्तै रचनात्मक काम गर्दा समाजमा सकरात्मक सन्देश जाने भएकाले यस्ता कामको निरन्तरता दिन आबश्यक रहेकोमा जोड दिए ।



