सडक मानवरहित कर्णाली घोषणा ःअब सडकमा माग्न नपाईने

सागर परियार,

कर्णाली प्रदेशलाई देशकै पहिलो सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । बेसहरा अभिभावक विहिन सडक जीवन बिताईरहेका नागरिकहरुले अब आश्रय पाउने भएका छन् । सडक मानवमुक्त प्रदेश घोषणा भएसंगै कर्णाली बृद्धृद्धा अनाथ, असहाय तथा बेसाराले राहात पाउने भएका हुन् । सडक मानव मुक्त कर्णाली घोषणा भए संगै अब सडकमा कोहि कसैले माग्न पाउने छैनन् । मगन्ते रहित कर्णालीको लक्ष्य पुरा भएको छ ।

कर्णालीका ७९ वटै स्थानीय तहको समन्वय, तथा मानवसेवा आश्रमसँगको सहकार्यमा कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मान बहादुर विकले जानकारी दिए । उनका अनुसार, अब कर्णालीका सडकमा बेबारिस्से मानिस देखिने छैनन् ।

कर्णाली सडक मानवरहित भएको घोषणा गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले गएको पुस ८ गते प्रदेशको मन्त्रिपरिषद् बैठकले सडक मानवमुक्त कर्णाली बनाउने निर्णय गरेको बताए । सोहि निर्णयको कार्यान्वयन स्वरुप पुस ११ गते सम्पन्न प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा कर्णालीलाई सडक सहयोगापेक्षी मानवरहित प्रदेश बनाउने सङ्कल्प पारित गरिएको मुख्यमन्त्रीले शाहिले उल्लेख गरे ।

घोषणालाई औपचारिकता सिमित हुन नदिन प्रदेश सरकारले विशेष ध्यान दिने छ । खुल्ला आकाश मुनी, सडक मन्दिरमा बस्ने, मागेर खाने, सडकमै रात बिताउने असाहयहरुको राहतका लागि सरकारले यो योजना ल्याएको तर्क दिए ।

यसको कार्यान्वयनमा प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा अनुगमन तथा निगरानी समूह गठन गरेको छ । कर्णालीका १० वटै जिल्लामा सडक मानवले राहत पाउने गरी बजेट समेत दिइएको छ । भने सडक मानव देख्ना बित्तिकै प्रहरीलाई बुझाईने छ । संविधानको मर्म र लोक कल्याणकारी राज्यको अवधारणा सार्थक पार्न तथा सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यले सडक मानवरहित प्रदेश भएको हो ।

“खाना, नाना र छानाको अभावमा सडक, मन्दिर र सार्वजनिक स्थलमा माग्न बस्ने र त्यहीं नै रात बिताउने एक सय ५० जनाको उद्धारपछि कर्णाली सडक मानवमुक्त घोषणा भएको हो ।”

१५० सडक मानवको उद्दार
सडक मानव रहित प्रदेश घोषणा गर्नु अघि सडक मानवको उद्दार कार्य गरिएको थियो । खाना, नाना र छानाको अभावमा सडक, मन्दिर र सार्वजनिक स्थलमा माग्न बस्ने र त्यहीं नै रात बिताउने एक सय ५० जनाको उद्धार गरेसँगै प्रदेश सरकारले कर्णालीलाई सडक मानवमुक्त घोषणा गरेको मानव सेवा आश्रमका संयोजक सिर्जना ओलीले बताईन् । सडकमा बस्दै आएका अनाथ बालबालिका, बृद्धबृद्धा, एकल महिला गरी १ सय ५० सडक मानवको उद्दार गरेपनि घोषणा भएको हो ।

घोषणासँगै कर्णाली नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवरहित प्रदेश बन्नेछ । सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकले भने, सडकमा मागेर खाने र सडकमै रात बिताउनेहरुको उद्धार गरी सहयोगापेक्षी सडक मानवरहित प्रदेश घोषणाको भएको बताए । मानवसेवा आश्रम सुर्खेतमा हाल ५० जना आश्रित छन् ।

अव सडक सहयोगापेक्षी मानिस देख्न वित्तिकै प्रहरी, सम्बन्धित स्थानीय तहले मानवसेवा आश्रममा बुझाउनेछन् । अहिले जुम्लामा संचालित बृद्धाश्रममा पनि बृद्धबृद्धाहरु आउने गरेका छन् ।

प्रकाशित मिति : २०७६ माघ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस