
कर्णाली पोष्ट जुम्ला ।
कर्णालीकै प्रसिद धार्मिक स्थल चन्दननाथ मन्दिरको दत्तात्रयको मुख्यमूर्ति तीन वर्षपछि बेबारिस्से अबस्थामा भेटिएको छ । गत तीन वर्ष पहिले मन्दिरबाट चोरी भएको करिब १८ किलो चाँदीको दत्तात्रयको त्रिम मूख्य मूर्ति सोमबार बिहान खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
२०७३ मंसिर १२ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो । स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा मूर्ति देखेपछि मन्दिर र प्रहरीलाई खबर गरेका हुन् ।
सिआइबीको छानबिन टोली गठन गरे पनि मूर्ति कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । भने मूख्य दतत्तात्रयको मूर्ति भने भेटिएको थिएन । सबै भन्दा पुरानो दत्तात्रयको मुर्ति नभेटिदा निकै निरास भएका भत्तजनहरु अहिले निकै खुसी भएका छन् ।
भेटिएको मूर्ति स्थानीयले आजै बाजागाजासहित मन्दिरमा ल्याउने तयारी गरेका छन् । यता मुर्ति भेटिएको बारेमा जानकारी गराउन दिउसो २ बजे पत्रकार सम्मेलन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । मुर्ति चोरी संलग्न को हुन भन्ने अहिले सम्म पत्तो छैन् । चोरी संलग्नलाई कानुनी दायरामा ल्याउने प्रशासनको दाबी छ ।