नेमकिपाको स्थापना दिवसमा एमसीसीको विरोध

जुम्ला : नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसका अवसरमा जुम्लामा एमसिसिको विरोध गरिएको छ । । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकोले एमसीसीको विरोध गरिएको हो ।
नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका सदस्य टेकबहादुर रोकायाले एमसीसी परियोजनामा नेपाल फस्न नहुने बताए । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले तथा विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रस्ट देखिएकाले नेपालबाट एमसीसीलाई लखेटिदिनुपर्ने उनले बताए । अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको हो । यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ । उनले भने विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुदा हुदै आफ्ना छु्ट्टै सैनिक देखि काम गर्ने विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा छैन ।
नेमकिपा जुम्लाका उपाध्यक्ष राजेश्वर देवकोटाले निरंकुश पञ्चायती व्यवस्था अन्त्य नेमकिपाको अथक संघर्षका कारण अहिलेको सफल भएको बताए । पुँजीपति वर्गले नेमकिपाका बारेमा विभिन्न कुप्रचार गरेर कमजोर पार्न खोजेपनि नेमकिपा अझ सैद्धान्तिक र बैचारिक रुपमा बजबुत बन्दै गएको उनले उल्लेख गरे । नेमकिपाले सडक र संसदमा निरन्तर गरेको संघर्षका कारण नेपाल बचेको उनको दावी छ ।
नेमकिपा जुम्लाका सदस्य यज्ञबहादुर बुढ्थापाले जुम्लामा राजनितिक शिक्षा दिने पहिलो पार्टी नेमकिपा भएको जानकारी दिए । नेमकिपा अन्तराष्ट्रिय पार्टी भएकाले संसारका कामदार जनताको पक्षमा संघर्ष गरिरहेको उनले बताए । नेमकिपा नेपाली जनतामाँझ दियालो झैँ चम्कीरहेको छ ।
नेपाल क्रान्तिकारी किसान संघ जुम्लाका अध्यक्ष विर्खबहादुर रावतले भारतको जस्तो पनि स्वार्थ मान्ने नेपालका पार्टीहरुलाई एक दिन जनताले बहिस्कार गरेरै छाड्ने बताए । भारतबाट आयात हुने तरकारी र फलफुलमा क्वारेन्टाइन जाँच गर्न नसक्नुको अर्थ सरकारले जनतालाई सरासर क्यान्सर रोगी बनाइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस