सागर परियार जुम्ला ।
कालिकोट जिल्लाको भर्ता स्थित नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएको करिब एक हप्ता भयो । गत हप्ता अत्याधिक वर्षातका कारण परेको चटयांकले रिपिटर टावरको ९सेक्टी फायरको मोडुल० बिग्रीएका कारण हप्तादिन देखि टावर आउने जाने भईरहेको छ । अधिंकाश समय कुरा नबुझिने, रिङटोनका नाममा नियमित पैसा काटिने समस्याबाट पिडित भएका कर्णालीबासी पटक पटक रिपिटर टावरमा आउने खराबीका कारण झनै सास्ती पाउने गरेका छन् ।
कालिकोटको भर्ता रिपिटर टावरमा समस्या आउँदा साविक कर्णालीका जुम्ला, मुगु, र कालिकोटमा हजारौ स्थानीय पटक पटक संचार बिहिन हुगे गरेका छन् । टावरमा समस्या आएको एहप्ता बितिसक्दा पनि नेपाल टेलिकमले समस्या समधानका लागि पहल नगर्दा नेपाल टेलिकमको सेवा भन्दा बढी सास्ती भएको नागरिकले महसुश गरेका छन् । हावाहुरी आउँदा, चटयांङ पर्ने अबस्था सृजना हुन पूर्वनै टावरको सिस्टम केहि समयका लागि बन्द गरेको खण्डमा पछि समस्या नआउने टेलिकमै कर्मचारी बताउँछन् ।
तर टावरमा बस्ने सुरक्षागार्डहरुलाई विपद आइपरेको समयमा अपनाउने पुर्वतयारी बारे ज्ञान नहुँदा टेलिकमको सेवा भन्दा बढी सास्ती पाउने गरेका छन् । धेरै पटक सुरक्षा गार्ड सामान्य भएपनि प्राविधिक ज्ञान र पूर्वतयारी बारे चतेना दिनुपर्ने छलफल भएपनि यस विषयमा नेपाल टेलिकम गम्भीर नहुँदा कर्णालीका नागरिक हिउँदको हिउँ आउँदा, वर्षामा पानी पर्दा, हावा लाग्ना बित्तिकै संचार विहिन हुनुपर्ने बाध्यता अहिले पनि कायमै छ । टेलिकम शाखा जुम्लामा दरबन्दी अनुसारका कर्मचारी नभएको वर्षौ बित्यो । जुम्लाहुदै मुगु गएको टेलिमकको लाईन धेरै पटक बिग्रीदा मुगुबासी सम्पर्क बिहिन भएका छन् ।
संचारको यूगमा हप्तादिन सम्म पनि टावर आउने जाने हुँदा समेत चासो नदिनु गम्भीर विषय हो । यसअघि मुगु तथा डोल्पामा करिब एक महिना नेपाल टेलिकमले काम नगर्दा स्थानीय संचारबिहिन भएका थिए । धौधौ गरी एक महिना पछि समधान भयो । टेलिकमको ढिलासुस्तीकै कारण नागरिकले सास्ती पाईरहेको स्थानीय लोक बहादुर दमाई बताउँछन् ।
यता नेपाल टेलिकम शाखा जुम्लामा कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठ भन्छन, कालिकोटको भर्तामा समस्या आएको हो । बुधबार सुर्खेतबाट सामान आईसकेको छ । विहिबार साँझ देखि पुर्णरुपमा टावरले कर्णालीमा काम गर्ने दाबी गरे ।
हालका जुम्लाका कुनै टावरमा समस्या नभएको र कालिकोटकै टावरमा खराबी आएका कारण नागरिकले कष्ट पाएको उल्लेख गरे । टेलिकम शाखा कालिकोटका प्रमुख प्रेमसिंह विष्टले रिपिटिर टावर देखि नियमित बादलका कारण पावरमा समेत समस्या भएको बताए । समस्या भएको ५(६ दिन बितेपनि काठमान्डौँबाट सुर्खेत हुदै कालिकोट पुग्न समय लागेको हो ।
उनले थपे, बुधबार सामान पुगेपछि बिहिवार साँझबाट समस्या समधान हुने उल्लेख गरे । अझै बादल लागीरहेका कारण कति बेला के समस्या हुने भन्ने कुरा भन्न नसकिने उल्लेख गरे । तर नागरिक भने टेलिमकका आन्तरिक कारण जे भएपनि चुस्त रुपमा प्रभावकारी संचार सेवा पाउनुपर्नेमा नागरिक समाजका अध्यक्ष राज बहादुर महतको जोड छ ।