मिर्गाैला प्रत्यारोपणकाे १० दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सहयाेगीले उनलाई अस्पतालबाट ह्वील चेयरमा ल्याएर गाडिमा चढाएका थिए ।
निजी सहयोगी र सुरक्षाकर्मीको मद्दतमा गाडि चढेका ओलीले अस्पताल पुगेका समर्थकलाई हात हल्लाएर अभिभावद गरेका थिए । ओली डिस्चार्ज हुने सूचना पाएर अस्पतालमा उनका समर्थककाे ठूलाे भीड थियाे । उनलाई अस्पतालबाट सरकारी निवास बालुवाटार लगिएको छ ।
ओलीको २१ फागुनमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणका लागि उनी १९ फागुनमा अस्पताल भर्ना भएका थिए ।
https://www.nayapatrikadaily.com/news-details/38660/2020-03-13
प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार