
सागर परियार
विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट नेपालीलाई सजग बनाउन भारतको हिमाचल प्रदेश किनौर जिल्लामा सचेतना अभियान संचालन गरेको ‘मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले’ त्यहा बस्ने विपन्न नेपालीलाई खाद्यन्न समेत वितरण गरेको छ ।
एकहप्ताको लकडाउनपछि भारत सरकारले फेरी लकडाउनको समयवधि थपेपछि बजार पुर्ण रुपमा बन्द छन् । नेपाली एकता समाजका अध्यक्ष मिथुन सिंहले भने, बजार बन्द हुँदा यहाँ बस्ने विपन्न नेपालीलाई खाद्यन्न अभाव जेल्न नपरोस भनेर आबश्यता मध्यनजर गरी नुनु,तेल चामल, दाल, बेसार लगायतको खाद्यन्न वितरण गरेको अध्यक्ष सिंहले कर्णालीपोष्टलाई जानकारी दिए ।
किनौरमा रहेका व्यापारीहरु संग समन्वय गरी त्यहा रहेका सयौ नेपाली खाद्यन्न वितरण गरिएको छ । अझै खाद्यन्न वितरण गर्ने तयारीमा छौ । नेपाली एकता समाजका कोषाध्यक्ष नरि परियारले भने, लकडाउन अवधिमा बाहिर नआउन सचेतना संगै खाद्यन्न वितरणलाई पनि अघि बढाका छौ ।
नेपाली एकता समाजले राजदुतावास संग समन्वय गरी नेपालीलाई संक्रमण भएको खण्डमा तत्तकाल चेकजाँच तथा उपचारको समेत व्यवस्था गरिएको एकता समाजका कोषाध्यक्ष परियारले बताए ।
कुनै समस्या भएको खण्डमा नेपाली एकता समाजका सम्पर्क व्यक्ति (७०१८५८४६४९ र ७०१८४५२४१६) मा सम्पर्क गर्न भारतको हिमाचलमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई अनुरोध गरिएको छ । हाल करिब ४० हजार बढी नेपाली भारतको हिमाचलमा रहेका छन् । भने ४० हजारको ६० प्रतिशत कर्णाली प्रदेशका नागरिक रहेको नेपाली एकता समाजको अनुमानीत तथ्यांक छ । नेपाली एकता समाजले हाल किनौरमा क्रियाशिल रुपमा काम गरिरहेको छ ।