
कोरोना भाइरसको जाँच गर्न थ्रोट स्वाबको स्याम्पल लिन नेपालगन्ज आएको नेपाल एयरलायन्सको वाई १२ जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा शनिबार दुर्घटना भएको छ । धावनमार्गमा चिप्लिएर भएकाे दुर्घटनामा मानविय क्षति भने भएकाे छैन् ।
काठमाडौँबाट आएको उक्त विमान करिव १२ बजे नेपालगन्ज विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
जहाजमा सवार सवै सकुशल छन् । जहाजमा भने सामान्य क्षति भएको छ । ‘अवतरणा गर्ने क्रममा चिप्लिएर नेपाल एयरलायन्स वाई १२ जहाज दुर्घटना भयाे,’ उद्धारमा रहेका ठाकुरले भने, ‘दुर्घटनामा मानविय क्षति भएकाे छैन् ।’
नगरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पाेखरेलले निगमकाे चिनियाँ जहाज वाई १२ जहाज धावनमार्गमा चिप्लिएकाे बताए । जहाजमा सवार चालक दलका सदस्य सुरक्षित रहेका छन । जहाज क्याप्टेन केवी लिम्वुले उडान गरेका थिए ।
https://www.nayapatrikadaily.com/news-details/39725/2020-03-28