
जुम्ला ः नेकपा जिल्ला कमिटि अध्यक्ष विरबहादुर कुवँर र सचिव तिर्थ बुढाले स्थानीय तहको कमिटि विस्तारप्रति प्रदेश सदस्य सम्मिलित पक्षले विरोध छ । बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीको विधि विधान विपरित स्थानीय तहका कमिटि विस्तार गरेको आरोप लगाएका हुन् । नेकपा जिल्ला कमिटि अध्यक्ष र सचिव मनपरी तन्त्रले स्थानीय तहका कमिटि विस्तार गरेपछि ध्यानाकर्षण गराउदा पनि अटेर गरेकाले पत्रकार सम्मेलन गर्नु परेका बताएका छन् ।
प्रदेश कमिटिका सदस्य, बलबहादुर महत, शान्तिलाल महत, धिरेन्द्रराज गिरी, गोर्ख पछाई, नवराज न्यौपाने, डा. कुशेन्द्रबहादुर महत, टेकबहादुर पछाई, चुक्की शाही, लक्ष्मीकन्या बुढा र मेनका पछाईले अध्यक्ष र सचिवको एकल निर्णयको विरोध गरेका हुन् । यसमा जिल्ला नेता कार्यकर्ताले पनि सर्मथन जनाएका छन् ।
गएको ०७६ फाल्गुन २२ गते बसेको जिल्ला कमिटि जुम्लाको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटि अन्तर्गत रहेका सम्पूर्ण कमिटिहरुको एकता पक्रिया टुङ्गयाएर व्यवस्थित गर्न मौखिक रुपमा दिएको निर्देशन बेवास्ता गरी मनोमानी तवरले स्थानीय तहका कमिटि गठन गरेको प्रेस विज्ञप्ती उल्लेख गरिएको छ ।
अध्यक्ष र सचिवको एकल निर्णयले स्थानीय तहका कमिटि अध्यक्ष र सचिव चयनमा मनपरी गरेको नेकपा प्रदेश कमिटि सदस्य पूर्व राज्यमन्त्री बलबहादुर महतले बताए । उनले भने यो पार्टीको विधि विधान विपरित गरिएको छ । पार्टीको केन्द्रीय कमिटिले कोरोना माहामारीको बेला पार्टीका कुनै पनि गतिविधि नगर्ने र सिंगो पार्टी कार्यकर्ता कोरोना नियन्त्रण तथा रोकथाम लाग्ने निर्देशन गरेपनि जिल्ला अध्यक्ष र सचिवले निर्देशन लत्याएर मनोगत ढंगले काम गरेको उनले बताए ।
नेकपा कर्णाली प्रदेश सदस्य शान्तिलाल महतका अनुसार पार्टीका संगठन विस्तार गर्ने कुरामा विधि विधार र जिल्ला कमिटि भन्दा माथिल्लो तह प्रदेश सदस्य, जिल्ला इन्र्चाजसहित आम भेलाबाट काम गर्ने भनेको छ । तर यहाँका नेतृत्वले नै आफ्नो मनोगत ढंगबाट संगठन विस्तार गर्दा अहिले विरोध भइरहेको उनले बताए । उनले भने यो विषयमा प्रदेश कमिटिले अहिले कुनै पनि पार्टीका गतिविधि नगर्नु र नगराउन भनेको छ । पार्टीको केन्द्रीय कमिटिमा पनि जानकारी भएकाले यो विषयमा केही निर्णय भएर आउने अपेक्षा गरिएको उनको भनाई छ ।
अर्का प्रदेश कमिटि सदस्य नवराज न्यौपानले भने पार्टीका विधि विधानमा जिल्ला कमिटिले माथिल्लो कमिटिमा समन्वय र सल्लाह सुझाबको काम गर्ने भनेको छ तर यहाँ वेवास्ता गर्ने गरिएको छ । प्रदेश कमिटिका १० जना सदस्यले अहिले अध्यक्ष र सचिव काम कारवाही प्रति निकै असन्तुष्ट रहेको उनले बताए । पार्टी साँझा सहमति र समझदारीमा चल्ने हो । एकल निर्णयले पार्टी चलाउन खोज्दा अहिले समस्या आएको हो । यसलाई केन्द्रीय पार्टी कमिटिले टुंगो लगाउने अपेक्षा गरिएको उनले बताए ।
पातारासी र तिला गाउँपालिका कमिटि आम भेलाबाट गठन गरी जिल्ला कमिटि जुम्लालाई जानकारी गराएको थियो । तर पातारासी र तातोपानी गाउँपालिका कमिटि नै भंग गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ ।
तातोपानी गाउँपालिकाका अमृत सार्कीले भने पहिलोको निर्णयमा स्थानीय तह कमिटिको जिम्मेवारी मलाई दिएको थियो तर जिल्ला अध्यक्ष र सचिवको एकल निर्णयले विना जानकारी जिम्मेवारी खोसिएको छ । अगुवा नेतृत्वले अब पार्टी कुन दिशा तिर लैजादै छन् त्यो विषयमा भने अनौलमा रहेको उनले बताए । पार्टी भित्र अहिले चर्काे गुटवन्दीको घेरावन्दीमा परेको छ ।
यता नेकपा जिल्ला कमिटि अध्यक्ष विरबहादुर कुवँरले केन्द्रीय कमिटि, प्रदेश कमिटिले दिएको जिम्मेवारी, अधिकार र २२ फागुनमा जिल्ला कमिटिको निर्णय अनुसार नै स्थानीय तहका संगठन विस्तार गरिएको बताए । उनले भने पार्टीमा खटिएका, योगदान गरेका व्यक्तिको उचित मुल्यांकन गरी स्थानीय तहका नेतृत्वमा चयन गरेको छ । पार्टीले गरेको निर्णय विपरित अराजक ढंगले गरेको पत्रकार सम्मेलन गर्नु राम्रो कुरा होइन । यस्ता पार्टी विरुद्धका हरकद र गतिविधि गर्न कुनै पनि व्यक्ति, कर्मेटहरुलाई छुट छैन । व्यक्तिगत मनोकुन्ठा पार्टीले पुरा गर्न सक्दैन उनले भने जिल्ला कमिटिले गरेको निर्णय सवै नेता तथा कार्यकर्ताले स्वीकार गर्नुको विकल्प छैन ।