विद्येयक विरुद्ध कर्मचारी आन्दोलित, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

जुम्ला ः जुम्लाको कर्मचारी संघ संगठन प्रस्तावित विद्येयक विरुद्ध आन्दोलित हुदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत ज्ञापनपत्र बुझाएर प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण गराएका छन् । कर्मचारी संघ संगठनले १४ बुदे माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । आधिकारिक टे«ड यूनियन, नेपाल निजामति कर्मचारी संगठन, निजामति कर्मचारी यूनियन (संघ) र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्षहरुको संयूक्त हस्ताक्षर गरी ध्यानाकर्षण पत्र बुझाएको हुन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामति विद्येयकको कारण सम्पूर्ण कर्मचारीहरु मनोवैज्ञानिक तथा भौतिक रुपमा नै आन्दोलित हुने अवस्था सिर्जना भएको आधिकारिक टे«ड यूनियनका अध्यक्ष खडानन्द चौलागाईले बताए । उनले भने निजामति सेवा ऐन २०४९ को दफा ५८ को सेवा शर्ता सुरक्षा सम्वन्धी प्रतिकुल असर पर्ने गरी कानुन ल्याउन नपाईने भएपनि ऐनको वेवास्था गरिएको छ ।
निजामति कर्मचारी संयन्त्र ध्यवस्त पार्ने गरी राज्य व्यवस्था तथा सुशासन समितिबाट यो विद्येयक ल्याउनुले कर्मचारीहरुले सरकारको खबरदारी गर्नुको विकल्प नै छैन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित चक्रिय पुर्व अनुमानयोग्य र बैज्ञानिक बनाउनु पर्ने, संघ प्रदेश र स्थानीय तहमा हाल कायम रहेको श्रेणीगत र तहगत प्रणालीमा एकरुपता ल्याउन कुनै एक प्रणाली लागुपर्ने माग राखेका छन् ।
त्यसैगरी विद्यमान स्वास्थ्य सेवा ऐनमा भएको दुई तहको स्तर बृद्धिको व्यवस्था यथावत राख्नु पर्ने सहित १४ बुदे माग राखेका छन् ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस