नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि बालुवाटारमा बिहीबार दुई अध्यक्ष र वरिष्ठ नेताबीचको छलफलमा दुवै पक्षले आ–आफ्नो अडान राखेका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच करिब साढे दुई घन्टा छलफल भएको थियो ।
छलफलमा ओलीले राजीनामा दिनुपर्ने अडान प्रचण्ड र नेपालले राखेका थिए ।
प्रचण्ड र नेपालले राजीनामाको अडान राखेपछि प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने जवाफ दिएको स्रोतले जनाएको छ ।
लगातार स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक शुक्रबार बस्दै छ । स्थायी कमिटी बैठकअघि पार्टीमा उत्पन्न विवाद समाधान गर्न दुई अध्यक्षबीच पटक–पटक वार्ता भएको थियो । विवाद मिलाउन आज त्रिपक्षीय वार्ता भएको हो ।
यसअघि पार्टीका दुई अध्यक्षका बीचमा मात्र छलफल हुँदै आएकाेमा बुधबारकाे बैठकमा अध्यक्ष प्रचण्डले नेपालसहित छलफलमा जुट्न प्रस्ताव गरेपछि बालुवाटारबाट नेता नेपाललाई डाकिएकाे हाे ।
https://www.nayapatrikadaily.com/news-details/47373/2020-07-16