नेकपाभित्र बिबाद चुलिदो-समान्नातर कमिटि गठनसम्म, विधान विपरित कार्य गर्नेलाई कारवाही गर्ने चेतवानी

कर्णाली पोष्ट दैनिक

जुम्ला ः नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जुम्लामा स्थानीय तहमा पार्टी संगठन बिस्तारको क्रममा भएको असन्तुष्टताले ठूलो रुप लिएको छ । नेकपा जुम्लाका नेता कार्यकर्ताहरु दुई भागमा बिभाजन भएपछि समानान्तर कमिटि समेत गठन हुन थालेका छन् । यहाँको तातोपानी गाउँपालिकामा दुईवटा कमिटि गठन भएका हुन् । ३ साउन ०७७ मा समानान्तर कमिटि समेत गठन गरिएको हुदा पार्टी कमजोर हुने गतिविधि भएको नेकपा जुम्लाले पत्रकार सम्मेलन गरी जानकारी गरेको छ ।
नेकपा जुम्लाले गरेको पत्रकार सम्मेलनमा जिल्ला कमिटि अध्यक्ष बिरबहादुर कुँवरले पार्टी विपरित कुनै पनि गतिविधि भएमा कारवाही गरिने बताए । उनले संगठन निर्माणको क्रममा भएका असन्तुष्टिलाई सडकमा पु¥याउने काम राम्रो नभएको बताए । नेकपा जुम्ला अध्यक्ष कुँवर र सचिव तिर्थ बुढाको हस्ताक्षरित प्रेस बिज्ञप्ति सचिव बुढाले पढेर सुनाए । बिज्ञेप्तिमा २०७६ फागुन २२ को जिल्ला कमिटि वैठकले १ नगर र सात गाउँपालिका कमिटि गठन गरिएको बिषयको विरुद्धमा पत्रकार सम्मेलन र साउन ३ गते अध्यक्ष अमृत सार्की र सचिव पूर्ण पाण्डे नेतृत्वको समानान्तर कमिटि गठन भएको विज्ञप्तिमा उल्लेख छ । सो कार्यपार्टीको विधान बिपरित भएकाले कारवाही समेत गर्ने भनिएको छ । अध्यक्ष कुँवरले स्पष्टिकरणको पत्र समेत पठाईने बताए । अहिले तातोपानी गाउँपालिकामा अध्यक्ष पूर्णप्र्रसाद धिताल र सचिव लालबहादुर बिष्टको एक र अध्यक्ष अमृत सार्की र सचिव पूर्णप्रसाद पाण्डे नेतृत्वका दुई कमिटि गठन भएका छन् ।
यता तातोपानी गाउँपालिकामा साउन ३ गते गाउँपालिका स्तरीय पूर्ण कमिटि गठन नभई गत भदौमा पार्टीले दिएको जिम्मेवारी पुरा गरिएको अर्को पक्षको दावी छ । सो कमिटिका अध्यक्ष अमृत सार्कीले गत भदौ महिनामा पार्टीले आफुलाई अध्यक्ष बनाएर पत्रसहित पठाएको थियो तर अहिले आफुलाई हटाएर अर्कोलाई फेरी अध्यक्ष गरेर पठाउनु राम्रो नभएको र पार्टीका केही व्यक्तिहरुलेनै समानान्तर कमिटि गठन गरेर पठाएका बताए । उनले आफुलाई कुनै जानकारी नदिई जिल्ला कमिटिमा लिने नाममा अर्को अध्यक्ष बनाउनु राम्रो नभएको र आफुलाई पार्टीले पहिलो अध्यक्ष बनाएकाले साउन ३ गते स्थानीय तहको पार्टीलाई पूर्णता दिन ७५ सदस्यीय नयाँ कमिटि गठन गरिएको टेलिफोनबाट जानकारी दिए ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले एउटै पालिकामा पहिला एक जना र पछि अर्को अध्यक्ष किन बनाएको भन्ने जिज्ञासामा पार्टी अध्यक्ष कुँवरले अमृत सार्कीलाई जिल्ला कमिटिमा र पातारासीको रामबहादुर बुढालाई सल्लाहकार समितिका लिईएकोले परिवर्तन गरिएको कुँवरले प्रष्ट पारे ।
यस्ता किसिमका गतिविधिले पार्टी, संगठन, आम जनता, कार्यकर्ता कसैको पनि हित नहुने अध्यक्ष कुवँरले टिप्पणी गरे । पार्टीका तल्ला कमिटि विस्तारका विषयमा सहमति र सहकार्यकै आधारमा गर्नपर्छ भन्ने उद्देश्यका साथ लामो समय गुजारेकै हो ।
पार्टी सचिव तिर्थ बुढाका अनुसार पार्टी विरोधी गतिविधि गर्न कसैलाई छुट छैन । उनले भने पार्टीको विधान विपरित समान्तर संगठन विस्तार गरिएको छ । यस विषयमा पनि पार्टी जिल्ला कमिटिले प्रदेश कमिटिसँग कारवाहीको माग गरेको छ ।
पार्टी जिल्ला कमिटिले पनि पहिलो चरणमा विधान विपरित समान्तर संगठन विस्तार गर्ने र पार्टीको अनुशासनमा नबस्ने सदस्यहरुलाई स्पष्टीकरण मागेका छौँ सचिव बुढाले भने चित्तबुझ्दो जवाफ नआएको खण्डमा विधान अनुसार कारवाही गरिने छ ।

त्यसैगरी ३ साउनमा तातोपानी गाउँपालिकामा समान्नातर कमिटि गर्नुका साथै गत ४ जेठमा नेकपा रुष्ट पक्षका प्रदेश कमिटि सदस्यसहित जिल्ला सदस्यहरुले पत्रकार सम्मेलन गरी स्थानीय तहको कमिटि विस्तारप्रति विरोध जनाएका थिए । पार्टीको विधि विधान विपरित स्थानीय तहका कमिटि विस्तार गरेको आरोप पनि लगाएका लगाएका थिए ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस