सागर परियार ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको त्रासका बीच पनि यहाँको हिमा गाउँपालिकाले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गरेको पाइएको छ । आर्थिक वर्ष २०७६÷७७ मा विषयगत कार्यालयका कार्यक्रम बाहेक हिमा गाउँपालिकाले १० करोडको लागतमा ८४ वटा योजना निर्माण गरी सम्पन्न गरेको छ । शर्शत अनुदान, समानीकरण अनुदान र राजश्व बाडफाँडको ८ करोड १२ लाख ९० हजार खर्च अर्थात ८७ प्रतिशत पुजीगत प्रगती भएको छ ।
स्वास्थ्य, शिक्षा, कृषि र पशु लगायतका विषयगत कार्यालयको बाहेक पालिकाभरीनै करिब १० करोड लागतका ८४ वटा साना ठुला योजना सम्पन्न भएका हुन् । हिमा गाउँपालिकामा आर्थिक वर्ष २०७६÷७७ मा १० करोड बराबरका ८४ योजना सम्पन्न भएको प्रमुख प्रशासकिय अधिृकत टोप बहादुर बुढाले जानकारी दिए । वार्षिक सार्वजानिक सुनुवाई कार्यक्रममा प्रगती विवरण प्रस्तुत गर्दै अधिकृत बुढाले भने,“गत आवमा २६ करोड ९० लाख १२ हजार ३ सय विनियोजन बजेट मध्य २४ करोड ३६ लाख ७४ हजार रुपैया खर्च भएको छ । भने शर्शत अनुदानको ८१ लाख १२ हजार ५ सय र संचति कोषको १ करोड ७२ लाख २५ हजार ७ सय गरी २ करोड ५३ लाख ३८ हजार बजेट फिर्ता भएको छ ।”
प्रशासकिय अधिकृत बुढाका अनुसार, “विद्यालय भवन निर्माण, सडकको स्तरउन्नती, गोरेटो बाटो निर्माण, खानेपानी धारा निर्माण, सिचाँइ कुलो निर्माण, खेलमैदान निर्माण, मठमन्दिर निर्माण लगायतका ६७ योजना ६ करोड ८६ लाख २० हजार ३ सय ३८ रुपैया लागतमा सम्पन्न भएका छन् ।”
त्यस्तै, प्रदेश सांसद विकास कोषको ६० लाख लागतमा ३ वटा योजना सम्पन्न भएका छन् । भने, मुख्यमन्त्री रोजगार कार्यक्रमको १ करोड ८० लाख ३ हजारमा ६ वटा योजना निर्माण भई हस्तान्तरण समेत गरिएको छ । साथै ३२ लाख ९ हजारको लागतमा प्रथामिकक स्वास्थ्य चौकी कुडु गाउँ सम्म सडक निर्माण गरिएको छ ।
प्रगती प्रतिबेदन अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको ४२ लाख ९ हजार लागतमा ७ वटा योजना सम्पन्न भईसकेका छन् । विषयगत कार्यालय बाहेक गाउँकार्यपालिकाले छनौट गरी हिमा गाउँपालिकाका १ देखि ७ नं. वडा सम्म जम्मा ९ करोड २८ लाख ४१ ह्जार ७ सयको लागतमा ८४ योजना निर्माण भएका हुन् ।
भने, विषयगत कार्यालय अन्तरगर्त स्वास्थ्य तर्फ ११ वटा विभिन्न कार्यक्रम गरी २ करोड ७८ लाख ४ हजार खर्च भएको छ । भने शिक्षा तर्फ १९ वटा आबश्यकतामा आधारित कार्यक्रम गरेर ९४ लाख १६ हजार २ सय १२ रुपैया खर्च भएको छ । साथै महिला तथा बालबालिका, सामाजिक सुरक्षा, पशु, लगायतका क्षेत्रमा पनि लाखौको बजे खर्च गरी कार्यक्रम सम्पन्न भईसकेका छन् ।
कोभिड व्यवस्थापनमा १ करोड बढी खर्च
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि हिमा गाउँपालिका १ करोड २२ लाख ५ हजार ७ सय ७ रुपैया खर्च गरेको छ । प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढा भन्छन,“कोडिभलाई रोकथाम गर्न, बाहिरबाट आएका नागरिकलाइ व्यवस्थापन देखि क्वारेन्टाईन निर्माण तथा अन्य खर्चमा १ एकरोड २२ लाख बढी खर्च भयो । अन्य स्थानीयतहको भन्दा राहत तथा उद्दारको कार्य समेत प्रभावकारी बनायौ । भने बाहिरबाट आउने हिमाका रहेक नागरिकलाई समेत निशुल्क घर सम्म ल्याएका थियौ ।”
औषधी खरिदमा ५ लाख ३६ हजार ३ सय, यातायात खर्च (हिमाका नागरिकलाई निशुल्क ल्याए बापत) १७ लाख ३४ हजार ६२ रुपैया, लत्ता कपडा खरिदमा १४ लाख २१ हजार ३ सय, राहतका लागि चामल खरिदमा ३६ लाख ६० हजार, नुन खरिदमा ५ लाख ६९ हजार, माक्स खरिदमा ४ लाख ५१ हजार लगायत क्वारेन्टाईनमा खान खर्च, क्वारेन्टाई व्यवस्थापनमा गरी १ करोड २२ लाख बढी बजेट कोडिभ व्यवस्थापनमा खर्च भएको हिमाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले जानकारी दिए ।
अध्यक्ष रज बहादुर शाहिले नागरिकका गुनासा सम्बोधन गर्दै अबको बाँकी कार्यकालमा जनमुखी कार्यलाई जोड दिईने बताए । काम गर्ने प्रक्रियामा केहि कमजोरी भएपनि प्रतिपक्ष तथा सरोकारवालाको सुझाबलाई कार्यान्वयन गरी सुधार गरिने उल्लेख गरे । यता नेपाली काँग्रेसका यूवा नेता लक्ष्मण शाहिले हिमा सरकारलाई अझै सच्चीएर अघि बढ्न सुझाब दिए ।
योजना बाडफाँड देखि हरेक कुरामा दुईतिहाईको दम्ब देखाएको भन्दै कार्यशैली सुधार व्यक्तिबाद र स्वार्थ भन्दा जनतामुखी हुन समेत ध्यानआर्कषण गराएका छन् । कार्यक्रममा बोल्ने तथा गुनासा राख्ने व्यक्तिले हिमा सरकारलाई सफल बनाउन खर्चमा मितव्ययिता र पार्दशितामा ध्यान दिन सुझाब दिएका छन् ।