गत आवमा २३ करोड बढी राजस्व संकलन

हस्त बुढा ।

आन्तरिक राजश्व कार्यालय जुम्लाले बितेको आर्थिक वर्षमा २३ करोड २२ लाख ५५ हजार ४ सय १ रुपैया राजश्व संकलन गरेको छ । लक्ष्यनै नतोकिएको गत आवको असार अन्तिम सम्ममा २३ करोड बढी राजश्व संकलन भएको हो ।

जसमा आयकर तर्फ ५ करोड १४ लाख ९२ हजार, आयकर तर्फ ६ करोड ३३ लाख ४४ हजार ५ सय, आयकर प्रालीतर्फ ३ करोड ८८ लाख ४७ हजार, परामर्श तथा ठेक्का वापत ५ करोड ४१ लख ८३ हजार र अन्तशुल्क बापत ५१ लख ४७ हजार ५ सय गरी अन्य विभिन्न २३ शिर्षकबाट वर्षभरी २३ करोड २२ लाख बढी राजश्व संकलन भएको कर अधिकृत गोपाल बहादुर थापाले जानकारी दिए । उनले जुम्लाको कर प्रणाली सुधार गर्दै आम नागरिकलाई करको दायरामा ल्याउन आबश्यक जनचेतना मुलक कार्यक्रममा जोड दिईने बताए ।

आन्तरीक राजस्व कार्यालय जुम्ला अन्र्तगत कालिकोट,मुगु र जुम्ला जिल्ला रहेका छन । साथै चालु आर्थिक बर्ष २०७७/०७८ को साउन महिनामा मात्रै साढे ४ करोड राजश्व संकलन भएको छ । चालु आवको साउन महिनामा तिन करोड २१ लाख राजश्व संकलनको लक्ष्य राखेपछि करिब डेढ करोड राजश्व बढी संकन भएको छ । कर संकलनका २३ शिर्षकबाट साढे ४ करोड राजश्व संकलन गरिएको हो ।

तीन करोड २१ लाखको लक्ष्यमा ४ करोड ४० लाख राजश्व उठ्दा, १ करोड १९ लाख राजश्व लक्ष्य भन्दा बढी संकलन भएको कर अधिकृत थापाको भनाई छ । कोरोना कहरका बीच राजश्व कमै उठ्ने अनुमान गरिएको बेला यस चालु आवमा राजश्व संकलनको अबस्था निकै सन्तोषजनक रहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस