
जुम्ला ः सन्ध्या फाउण्डेसन जुम्लाले दुई विपन्न परिवारका आवास निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेसनले चन्दननाथ नगरपालिका – १ रानारावत गाउँका विपन्न व्यक्ति ७१ वर्षीय लालबहादुर रावत र ५६ वर्षीय हनुमाने रावतको आवास निर्माण गरेको हो ।
बर्षौदेखि भत्केको घरमा बस्दै आएका दुई विपन्न परिवार आफ्नो भत्केको घर मर्मत सम्भार गर्न नसकेर त्यही घरमा बस्नुको उनीमा विकल्प पनि थिएन । जेनतेन आफ्नो भत्केको घरमा पानी चुइने ठाउँमा पलाष्टिकका टुक्रा छाप्दै चुइने घरमा बस्दै आएका थिए । आफ्नो जीवन कालमा पनि भत्किन थालको घर मर्मत गर्न सक्ने अवस्थामा भएन ७१ वर्षका लालबहादुरले भने, जुम्ली युवाले दुखी गरिवको दया गरेर भत्केको घर बनाएर बुधबार हस्तान्तरण गरेका छन् । अब बस्न सहज हुने भएको छ ।
रानारावत गाउँका दुई विपन्न परिवार ७१ वर्षीय लालबहादुर रावत र ५६ वर्षीय हनुमान रावतको आवास बनाएर आज बुधबार हस्तान्तरण गरेका छौँ फाउण्डेसनकी अध्यक्ष सारादा पछाईले भनिन् ‘लामो समयसम्म भत्केको घरमा बस्दै आएको देखेपछि उनीहरुको आवास बनाउने अभियानमा जुटौँ । सवैको साथ र सहयोगले अभियान सफल बनाएर आज आवास हस्तान्तण गरिएको उनले बताइन् ।’
लामो समयदेखि जुम्लाको विमान स्थलमा भारी बोक्दै जीवन गुजारा गर्दै आएका दुई विपन्न परिवारले आफ्नो भत्किन थालेको घर मर्मत गर्न सक्ने अवस्था नभएकोले आवास निर्माण गरेर हस्तान्तरण गरिउको फाउण्डेसनका अध्यक्ष पछाईको भनाई छ ।
सन्ध्या फाउन्डेसनका सस्थापक अध्यक्ष युवा अंगद देवकोटाका अनुसार दुई विपन्न परिवारको आवासको निर्माणका लागि साढे तीन लाख खर्च भएको छ । फाउण्डेसनले सवैको साथ र सहयोगबाटै अभियान सम्पन्न गरेको हो । उनले भने ‘विपद्मा परेका वर्ग समुदायको हितमा काम गर्ने उद्देश्यका साथ सन्ध्या फाउण्डेसनको स्थापना गरिको हो । सोही उद्देश्य अनुरुप विपन्न वर्गका आवास निर्माण गरी आज हस्तान्तरण गरिएको छ ।’